Connect with us
Kapilvast Forest

कपिलवस्तुकी ७ बर्षिया बालिकाको उपचारको लागि सहयोगि हातहरु फैलिदै

२०७७, २९ भाद्र सोमबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको बाणगंगा ४ ठाकुरापुरकी ७ बर्षिया बालिकाको उपचारका लागि आर्थिक सहयोग जुट्ने क्रम शुरु भएको छ । श्वास नलिमा मासु पलाएपछि आवाज बिहीन सोना पौडेलको उपचारका लागि बिभिन्न ठाउहरुबाट सहयोग जुटन थालेको हो ।

भदौ २६ गते बुद्ध आवाज टेलिभिजनले बालिको बारेमा समाचार सम्प्रेषण संगै रिपोर्ट प्रशारण गरेपछि अहिले सोही समाचार पछि बालिकाको घरमै आई बिभ्न्नि अभियान्ता ,संघसंस्था संगै देशबिदेशबाट सहयोग आउन थालेको छ ।

सोमबार बालदिवसका अबसर पारि कपिलवस्तु र रुपन्देहीका युवा अभियान्तले बालिकाको घरमै आई आर्थिक सहयोग गर्नुका सागै मास्क स्यानिटाईजर र जुस प्रदान गरेका छन ।

कपिलवस्तु बिजयनगर गाउपालिका ६ की अस्मिता घिमिरे ,रुपन्देही शुद्धोधन गाउपािलका ३ सखवनी अर्जुन रेग्मी र शिबराज नगर चन्द्रौटाकी आर्जु भट्राईले बिभिन्न सहयोगि दाताहरुबाट संकलन गरि नगद ३७ हजार १ सय ५५ संगै मास्क स्यानिटाईजर वितरण गर्नुभएको छ । बालिकाकी आमा गिता पौडेलले आफ्नो सहयोग हस्तान्तरण गर्दै अस्मिता घिमिरेले बालिकालाई सक्दो सहयोग गर्न अपिल समेत गर्नुभयो

 

काठमाण्डौंमा काठमाण्डौंमा ४ पटकसम्म श्वास नलिको अप्रेशन भएपनि अझै निको हुन सकेको छनै भने घरमा रहेको सम्पति पनि सकिन लागे पछि बालिकाका आमा गिता पौडेलले सहयोगका लागि अपिल गर्नुभएको थियो । बालिकालाई सहयोगका लागि राष्ट्रिय बाणिज्य बैकंमा रहेको खाता नं.३५३०१००००२७१९०१० मा वा इ सेवा आईडी ९८५७०६१८३५ मा पैसा जम्मा गर्न अनुरोध गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,