Connect with us
Kapilvast Forest

सिमामा सशस्त्रको बाक्लो उपस्थिति हुने: सशस्त्र डिआईजी प्रधान

२०७७, २९ भाद्र सोमबारमा प्रकाशित

कपिलवस्तु- सिमा सुरक्षालाई मजबुदत बनाउन कपिलवस्तुमा स्थापना गरिएको सशस्त्र प्रहरीको एकै दिन २ बर्डर आउट पोस्ट भवनको उदघाटन गरिएको छ । सुद्धोदन गाउपालिका– ५ हथिहवा र मायादेबी गाउपालिका– ४ पिपरा स्थित चाकरचौडा बर्डर आउट पोस्टको उदघाटन गरिएको हो । हथिहवाको सशस्त्र प्रहरी बल, नेपाल नं. ५ विन्ध्याबासिनी बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) किशोर प्रधान र गाउपालिका प्रमुख निरास अहमद खाले सयुक्तरुपमा गरेका थिए । यस्तै चाकरचौडा बिओपीको डिआईजी प्रधान र गाउपालिका उप प्रमुख गीता तिवारीले गरेका थिए ।

दुबै कार्यक्रममा सम्बोधन गर्दै डिआईजी प्रधानले सिमा क्षेत्रमा सशस्त्र प्रहरीको बाक्लो उपस्थिति हुने बताए । उनले सिमा निग्रानी, संरक्षण र अपराधिक क्रियाकलाप रोक्न नै बिओपीको संख्या थपिएको बताए । उनले स्थापना भएको बि ओपीले सिमा सुरक्षा र सिमा अपराधन न्युनीकरणमा यसले मद्दत गर्ने बताए ।

‘ अन्तर्राष्ट्रिय सीमा नाकाको सुरक्षा, अबैध निकासी पैठारी, हातहतियार, लागूऔषध, मानव तस्करी नियन्त्रण तथा शान्ति सुरक्षा, अमन चयन कायम गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन जिल्लामा बि.ओ.पी.को स्थापना गरिएको हो ’ उनले भने । जिल्लामा ७ बिओपी रहेकोमा ५ वटा थप भर्इृ हाल १२ वटा स्थापना भएका छन ।

आगामी ३ बर्ष भित्र बिओपीको संख्या ३५बनाउने योजा रहेको प्रधानले बताए । कार्यक्रममा सुद्धोदन गाउपालिकाका प्रमुख निशार अहमद खाले सुरक्षाकर्मी र जनताको सम्बन्ध नङ र मासु जस्तै हुनु पर्ने बताए । उनले सुरक्षाकर्मीले पनि जनतको सेवा सुरक्षालाई नै प्रमुख आधार बनाएर अघि बढनु पर्ने बताए । उता चाकरचौडामा भएको कार्यक्रममा मायादेबी गाउपालिका उप प्रम्ख गीता तिवारीले सशस्त्र प्रहरीले कोरोना भाईरस नियन्त्रण र सिमा सुरक्षामा राम्रो काम गरेको भन्दै पं्रशंसा गरिन ।

उनले सिमामा सशस्त्र प्रहरीले अझै राम्रो काम गर्नु पर्ने तर सुरक्षाको नाममा जनतालाईै अनावश्यक दुःख भने दिन नहुने उनले बताईन । कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक बहादुर कार्कीले कार्यपत्र प्रस्तुत गर्दै समग्र जिल्लाको शान्ति सुव्यवस्था कायम गर्न र अबैध कार्य रोक्नका साथै सीमा सुरक्षामा सशस्त्रले अहम भूमिका खेल्दै आएको बताए ।

सो अवसरमा हथिहवाको बिओपी भवन निर्माणकालासग जग्गा उपलब्ध गराएका तत्कालीन हथिहवा गाउपालिका अध्यक्ष राजेन्द्र सिंहलाई खादा लगाएर सम्मानित गरिएको थियो । हथिहवाको १ करोड ४ लाख तथा चाकरचौडाको ८० लाखमा भवन निर्माण गरिएको हो । यस अघि गत शुक्रवार कृष्णगनर नगरपालिका– ६ भिल्मी र बिजयनगर गाउपालिका मा समेत ५ डालपुरमा समेत सशस्त्र प्रहरीको बिओपीको भवन उदघाटन गरिएको थियो । कपिलस्तुको भारतसंग ९३ किलोमिटर सिमा जोडिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,