Connect with us
Kapilvast Forest

जापानमा सत्तारुढ दलको प्रमुखमा सुगा निर्वाचित, प्रधानमन्त्री बन्ने प्रवल संभावना

२०७७, २९ भाद्र सोमबारमा प्रकाशित

Japan’s Next Prime Minister, Yoshihide Suga,

जापान- जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीको प्रमुखमा सोमबार योशिहिदे सुगा निर्वाचित हुनुभएको छ ।

यसै हप्ताको अन्त्यमा उहाँ संसदीय दलको नेता निर्वाचित भएमा उहाँलाई जापानको प्रधानमन्त्री बन्ने बाटो खुल्ने छ । सोमबार भएको पार्टी भित्रको निर्वाचनमा उहाँले ३७७ मत प्राप्त गर्नुभएको थियो । उहाँसँग प्रतिश्पर्धा गर्नुभएका पूर्व विदेश मन्त्री फुमिओ किशिदाले ८९ र पूर्व रक्षा मन्त्री शिगेरु इशिबाले ६८ मत मात्रै प्राप्त गर्नुभएको थियो ।

निवर्तमान प्रधानमन्त्री सिन्जे आबेको अति निकटस्थ पात्रका रुपमा रहनु भएका ७१ बर्षीय सुगालाई धेरैले भावी प्रधानमन्त्रीका रुपमा हेर्न थालिसकेका छन् ।
सुगाले आबे नेतृत्वको सरकारमा सरकारको मुख्य प्रवक्ता र मन्त्रीपरिषद्को मुख्य सचिवका रुपमा जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

जापानको संसदमा अहिले सुगाले आजदेखि नेतृत्व गरेको पार्टीको बहुमत रहेकाले उहाँकै पार्टीले बनाएको उम्मेदवार नै प्रधानमन्त्रीमा निर्वाचित हुनेछ ।
पार्टीको प्रमुख निर्वाचित भएपछि उहाँले देश र जनताको लागि काम गर्न आफु सँधै प्रतिबद्ध रहेको बताउनुभएको छ । “मेरो लगाव सवै देश र जनताका लागि हुनेछ, म त्यसैका लागि काम गर्नेछु,” उहाँले भन्नुभयो ।

उहाँले आफुले सवैभन्दा बढी प्राथमिकता कोरोनाविरुद्धको लडाईमा दिने र जापानी अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने बताउनुभएको छ । त्यसका लागि सवैको तर्फबाट सहयोग प्राप्त हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

निवर्तमान प्रधानमन्त्री आवेले केहीदिन अगाडि अस्वस्थताको कारण देखाउदै प्रधानमन्त्री पद त्यागको घोषणा गर्नुभएको थियो ।

उहाँ शुरुमा सन् २००६ देखि २००७ सम्म पहिलो पटक प्रधानमन्त्री हुनुभएको थियो । त्यतिबेला पनि अस्वस्थतालाई कारण देखाउदै पद त्याग गर्नुभएका आबे स्वास्थ्यमा सुधार आएपछि सन् २०१२ मा फेरी प्रधानमन्त्रीमा निर्वाचत हुनुभएको थियो । त्यसपछि केही दिन अगाडिसम्म उहाँ लगातार प्रधानमन्त्री हुनु भएको थियो ।

उहाँ जापानमा सवैभन्दा लामोसमयसम्म प्रधानमन्त्री बनेको नेताका रुपमा रहनु भएको छ । उहाँको कार्यकाल अझै झण्डै एक बर्ष बाँकी नै थियो । उहाँले सरकारको नेतृत्व गरेका बेलामा सुगाले अति निकट भएर उहाँसँग काम गर्नुभएको थियो ।

जापानमा अहिलेपनि आबेलाई अति लोकप्रिय नेताका रुपमा लिइने र पार्टी भित्र पनि उहाँको प्रभाव अत्यधिक धेरै भएकाले उहाँले अगाडि सारेको व्यक्ति नै प्रधानमन्त्री हुने देखिएको छ । उहाँले अप्रत्यक्ष रुपमा अगाडि सारेकै कारणले सुगालाई सोमबार पार्टी प्रमुखमा निर्वाचित गरिएको बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,