Connect with us
Kapilvast Forest

वीपी प्रतिष्ठानका उपकुलपतिमा कोरोना संक्रमण देखियो

२०७७, ३० भाद्र मंगलवारमा प्रकाशित

dr.-gyanendra-giri-

धरान-वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्राध्यापक डाक्टर ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणमा सोमबार साझ उपकुलति गिरिलाई कोरोना पुष्टि भएको हो ।

प्रतिष्ठानको आधिकारीक फेसबुक पेजमा सूचना जारी गर्दै उपकुलपती गिरीले आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउनु भएको छ । उहाँले प्रष्तिठानको काममा खटिइरहेको बेला आफूलाई संक्रमण भएको बताउँदै अहिले लक्षणरहित भएकोले घरैमा आइसोलेसनमा बसेको जानकारी गराउनुभएको छ ।

उहाँले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका रुपमा जिम्मेवारी निर्वाह गर्ने क्रममा सम्पूर्ण सुरक्षा उपायहरु अपनाउँदा -अपनाउँदै साथै दुई हप्ताको अन्तरालमा नियमित परीक्षण गर्दै गर्दा सक्रमण भएको बताउनु भएको हो ।

उहाँले सूचना जारी गर्दै भन्नुभएको छ ‘प्रतिष्ठानले कोरोना विशेष लेभल ३ अस्पताल मार्फत कोरोनाका लागि स्वास्थ्य सेवा प्रदान गरिरहेको र दैनिक आइपर्ने विभिन्न संस्थागत समास्याहरुको समाधान, भावी दिनमा गरिने कार्यहरुको योजना रणनीति निर्माण गर्दै दैनिक कार्यालयकै काममा रहेको बखत भएको यो संक्रमणबाट हतोत्साहित नभई आम जनस्वास्थ्यलाई मध्यनजर गर्दै म हाल आफ्नै निवासमा लक्षणविहिन अवस्थामा आईसोलेसनमा सुरक्षित साथ बसिरहेको छु ’ ।

उहाँले प्रतिष्ठानका दैनिक कार्यहरुका सचीवालय मार्फत आफूसंगको समन्व्यमा गरिने बताउनु भएको छ । यसै बीच सोमबारै यस्तै, वीपी प्रतिष्ठानका ३ जना हेल्पर र ईलाका प्रहरी कार्यालय धरानको हिरासतमा रहेकी एक महिलासहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,