Connect with us
Kapilvast Forest

मेस्सी सर्वाधिक कमाउने फुटबलर,रोनाल्डो दोस्रो स्थानमा

२०७७, ३० भाद्र मंगलवारमा प्रकाशित

ronaldo & mesii

 

एजेन्सी-बार्सिलोनाका कप्तान लियोनल मेस्सी सन् २०२० मा सर्वाधिक आम्दानी गर्ने फुटबलर बन्नु भएको छ ।

फोर्ब्स म्यागजिनले सोमबार सार्वजनिक गरेको सूची अनुसार अर्जेन्टिनाका मेस्सी सर्वाधिक कमाई गर्ने फुटबलर बननु भएको हो ।

मेस्सीले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्नु भएको छ । गत वर्ष पोर्चुगिज रोनाल्डो सर्वाधिक कमाउने खेलाडी रहनु भएको थियो ।

फोर्ब्सको अनुसार मेस्सीको कमाई १ सय २६ मिलियन अमेरिकी डलर रहेको छ । रोनाल्डोको १ सय १७ मिलियन डलर रहेको छ ।

पेरिस सेन्ट जर्मेन(पीएसजी) का ब्राजिलियन स्टार नेयमार ९६ मिलियन डलरसहित तेस्रो स्थानमा रहनु भएको छ ।

पीएसजीकै युवा स्टार केलियन एमबाप्पे पहिलो पटक सूचीको चौंथो स्थानमा पर्नु भएको छ । एमबाप्पेको कमाई ४२ मिलियन अमेरिकी डलर रहेको छ ।

लिभरपुलका मोहमद सलाह ३७ मिलियन अमेरिकी डलर सहित पाँचौं स्थानमा रहनु भएको छ।

यस्तै ३४ मिलियनसहित म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा छैटौं, ३३ मिलियन कमाई गरेका बार्सिलोनाका एन्टोनियो ग्रिजम्यान सातौं र २९ मिलियनसहित रियल मड्रिडका ग्यारेथ बेल आठौं स्थानमा रहनु भएको छ ।

त्यस्तै बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की २८ मिलियनसहित नवौं र म्यानचेस्टर युनाइटेडका डेभिड डी गिया २७ मिलियनसहित दशौँ स्थानमा रहेका रहनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,