Connect with us
Kapilvast Forest

चेल्सीको शानदार जितको सुरुवात

२०७७, ३० भाद्र मंगलवारमा प्रकाशित

chelsi-foot-ball.jpg

एजेन्सी -इङ्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सीले शानदार सुरुवात गरेको छ ।खेलाडी सरुवा बजारमा ठुला रकम खर्चिएको लण्डन क्लबले लिगको पहिलो खेलमा ब्राइटनमाथि सहज जित निकालेको हो ।

मंगलबार बिहान ब्राइटनको घरेलु मैदानमा चेल्सीले ३–१ को जित निकाल्यो ।चेल्सीको जितमा जोर्गिन्हो, रिस जेम्स र कर्ट जुमाले गोलगर्नु भयो । घरेलु टोलीका लियान्ड्रो ट्रोसार्डले एक गोल फर्काएउनु भएको थियो ।

खेलमा अग्रता चेल्सीले २३ औं मिनेटमा जोर्गिन्होको पेनाल्टी गोलबाट लिएको थियो । ब्राइटनका गोलकिपरले चेल्सीका फरवार्ड टिमो वार्नरलाई डिबक्स भित्र लडाएपछि लण्डन क्लबले पेनाल्टीको अवसर पाउनु भएको थियो । जसमा कप्तानी भूमिकामा रहनु भएका जोर्गिन्हो चुक्नु भएन।

५४ औं मिनेटमा ट्रोसार्डको गोलमार्फत ब्राइटन खेलमा फर्कने संकेत गरेको थियो । ब्राइटनका युवा खेलाडी लाम्पार्टीले उपलब्ध गराएको पासमा उहाँले डिबक्स बाहिरबाट गोल गर्नु भएको थियो । लाम्पार्टीले ब्राइटनबाट खेलमा राम्रो प्रभाव जमाउनु भयो । उहाँले चेल्सीको डिफेन्स लाइनलाई दबाबमा राख्नु भएको थियो ।
मुख्य प्रशिक्षक फ्राङ्क लाम्पार्डले दुई नयाँ खेलाडी टिमो वार्नर र काइ हाभर्ट्जलाई पहिलो रोजाईमा राख्दै मैदान उर्तानु भयो ।

पहिलो हाफमा अग्रता लिएपनि चेल्सीको प्रर्दशन सुस्त थियो । दोस्रो हाफमा मात्र चेल्सीले लय समाएको देखिन्थ्यो । प्रिमियर लिगको डेब्यु खेलमा वार्नरले प्रभाव जमाएपनि गोल गर्न भने सक्नु भएन ।
जितसंगै चेल्सीले पहिलो खेलबाट महत्वपूर्ण ३ अंक जोडेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,