Connect with us
Kapilvast Forest

फेरि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड

२०७७, ३० भाद्र मंगलवारमा प्रकाशित

फाइल तस्वीर नारायणगढ–मुग्लिन सडक
file photo

चितवन -नारायणगढ–मुग्लिन सडकखण्डको चोर खोलामा फेरि सडक अवरुद्ध भएको छ । जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार सोमबार दिउँसो गएको पहिरो हटाएर एकतर्फी बाटो खुलाएलगत्तै राती १०ः ३० मा पुनः पहिरो गई सडक अवरुद्ध भएको हो ।

चितवनको इच्छा मनकामना गाउँपालिका ६ पाँचकिलो नजिक चोरखोलामा राती फेरि भारी वर्षात भएर पहिरो गएपछि सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीले भोलि उक्त अवरोध नहटुञ्जलेसम्म नारायणगढ मुग्लिङ सडक खण्ड प्रयोग नगर्न समेत सर्वसाधारणलाई अनुरोध गरेको छ ।

साथै उक्त सडकखण्डमा रहेका सवारी साधनहरुले रातको समय र सम्भावित पहिरोको जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा रहन समेत अनुरोध गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,