Connect with us
Kapilvast Forest

पौडेलको निधनबाट सिंगो पार्टीलाई क्षती पुगेको छ : नेकपा कपिलवस्तु

२०७७, ३० भाद्र मंगलवारमा प्रकाशित

tikaram

कपिलवस्तु-नेकपाका प्रदेश पाँचका सामान्य प्रशासन विभाग सदस्य टिकाराम पौडेलको दुःखद् निधन प्रति नेकपा कपिलवस्तुले शोक विज्ञप्ती मार्फत श्रद्धाञ्जली एवम् समवेदना ब्यक्त गरेको छ । नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोख्रेल र जिल्ला सचिव रामचन्द्र शाह (विष्ण) द्धारा जारी शोक विज्ञप्तीमा एक होनहार योद्धाको दुःखद् निधनबाट सिंगो पार्टी र समुदायलाई अपूरर्णिय क्षती पुगेको उल्लेख गरिएको छ ।

जारी विज्ञप्तीमा वैचारिक, सरल, कर्मठ, अनुशासित, एवम् सामाजिक अभियान्ताको आचर्यजनक निधनको खबरबाट सिंगो पार्टी स्तब्ध एवम् शोकाकूल भएको बताइएको छ । विज्ञप्तीमा स्व. टिकाराम पौडेल प्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गरिएको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।

शिवराज नगरपालिका वडा नं. ५, चन्द्रौटा, कपिलवस्तु निवासी स्व. टिकाराम पौडेलले अर्घाखाँची हुदै कपिलवस्तुको राजनैतिक, सामाजिक, साँस्कृतिक आनदोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको थियो । स्व. पौडेल तत्कालिन नेकपा कपिलवस्तुको नगर , क्षेत्री र जिल्ला कमिटी सदस्यको जिम्मेवारी पुरा गर्नु भएको थियो ।

स्व. पौडेल एक वैचारिक, सामाजिक अगुवाको रुपमा समेत स्थापित हुनुहुन्थ्र्यो । कपिलवस्तुको पश्चिमी क्षेत्रमा मात्र नभई सिंगो कपिलवस्तुबासीमा उहाँको दुःखद् खबर संगै जिल्ला बासीलाई स्तब्ध बनाएको छ । अर्घाखाँचीको सिद्दाराबाट अध्यापन पेशाबाट विदालिई २०५६ सालमा स्व. टिकाराम पौडेल कपिलवस्तुको शिवपुर, करलियामा बसाई सराई गर्नु भएको थियो ।

५८ वर्षे स्व. टिकाराम पौडेलका तीन छोरी, एक छोरा र एक श्रीमती हुनुहुन्छ । अर्घाखाँचीको जुकेनामा जन्मनु भई २०५६ साल देखी कपिलवस्तुलाई कर्मथलो बनाउनु भएका टिकाराम पौडेलको २८ गते आइतवार राती ११ बजे भिम अस्पताल भैरहवामा दुःखद् निधन भएको हो ।

Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,