Connect with us
Kapilvast Forest

रक्सी खान नदिएको रिसमा बाबुले गरे छोराको हत्या

२०७७, ३० भाद्र मंगलवारमा प्रकाशित

वीरगञ्ज – पर्साको पोखरिया नगरपालिकाका ७० वर्षीय लक्ष्मी साह रक्सीको कुलतमा फस्नु भयो । छोरा ३५ वर्षीय मधो साह भने बुवाको रक्सीको लत छुटाउन चाहनुहुन्थ्यो । सम्झाउँदा नमानेपछि गाउँका पसलवालाई बुबालाई रक्सी नदिन आग्रहसमेत गर्नु भयो । कतिपयले उहाँको आग्रहलाई मान्दै रक्सी दिन बन्द पनि गरिदिए ।आफूले रक्सी सहजै नपाएको झोंकमा उहाँले छोराको हत्या गर्नु भयो ।

घटना हो भदौ २९ गतेको । त्यो दिन पनि लक्ष्मी रक्सीले मातिएर घर आउनु भयो । साँझ घर आइपुगेका उहाँलाई छोराले किन रक्सी पिएको भने पछि बाबु–छोराबीच विवाद बढ्यो । लक्ष्मीले आफ्नो साथमै बोकेर हिँडेको चक्कु छोरामाथि प्रहार गर्नु भयो ।
यो घटनामा छोरा मधो गम्भिर घाइते बन्नु भयो । नेशनल मेडिकल कलेजमा उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै उहाँको मृत्यु भयो ।

चक्कु प्रहार गर्ने लक्ष्मी साहलाई नियन्त्रणमा लिएर आवश्यक अुनसन्धान र कारबाही प्रक्रिया शुरु गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिनु भयो ।

‘लक्ष्मीले अत्यधिक मापसे सेवन गरेकै कारण प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा पनि रक्सी पिउने विषयमा नै बाबु–छोराबीच मतभेद थियो ।,’ छोराले छोड्न दबाब दिँदै आए पछि ‘सोमबार साँझ पनि बाबु रक्सीले मातेर आएपछि दुवै जनाबीच विवाद भयो, बुबाले चटपटे बनाउनका लागि बनाइएको चक्कुले हानेर हत्या भएको प्रहरीले जानकारी दिएको हो ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,