Connect with us
Kapilvast Forest

भोकालाई खानाको ब्यवस्था गर्न प्रधानमन्त्रीको आग्रह

२०७७, ३० भाद्र मंगलवारमा प्रकाशित

kp oli

काठमाडौं -सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कोभिड-१९ को नियन्त्रणका लागि तत्काल खराब स्थितिको आँकल गर्दै सोही अनुरुपको आवश्यवक बजेट ब्यवस्थापन गर्न सरकारसँग आग्रह गरेको छ।

२६ गते सम्पन्न नेकपाको स्थायी कमिटीको बैठकले सरकारसँग यस्तो आग्रह गरेको हो। संक्रमणको जोखिम बढ्दै गएकोले ‘ओर्स्ट केस सिनारियो’ को आँकलन गरी सोही अनुरुप बजेट तथा स्वास्थ्य सामाग्री, जनशक्ति र भौतिक पूर्वाधारको तयारी गर्न सरकारसँग भनेको छ।

स्थायी कमिटीको बैठक पछि सोमवार पार्टीका तल्लो कमिटीहरुलाई दुई अध्यक्षले जारी गरेको अन्तरपार्टी निर्देशन अनुसार बैठकले परीक्षणको दायरा बढाउने तथा समुदायस्तरमा सङ्क्रमण फैलिएको आशङ्का गरिएका ठाउँमा नमूना सङ्कलन तीब्र पार्ने र बिरामीहरूको उपचारका लागि पूर्व तयारी गर्न सरकारसँग अनुरोध गरेको छ।

बैठकले आवश्यकता अनुसार जिल्ला वा स्थानीयस्तरमा इलाकाबन्दी गर्न सुझाब दिएको छ।साथै, अस्पतालहरूमा शैय्या, सघन उपचार कक्ष र भेन्टिलेटरहरूको थप प्रबन्ध गर्ने र आवश्यकता अनुसार निजी अस्पताल र निजी मेडिकल कलेजहरूलाई महामारी अवधिभरका लागि कारोना उपचारमा प्रयोग गर्ने सुझावसमेत दिएको छ।

यसैबीच नेकपाले स्थानीय तहमा कोभिड-१९ नियन्त्रणका लागि भएका कामहरुको समीक्षा गर्न स्थानीय पार्टी पंक्तिलाई निर्देशन दिएको छ। कोभिड-१९ विरुद्धको लडाईँमा पार्टी पंक्तिलाई स्वययसेवी भूमिकामा रहन निर्देशन दिँदै अगाडि भनिएकोछ, ‘स्थानीय पार्टी कमिटीको कम्तिमा पनि सचिवालयस्तरको बैठक (भौतिक दूरी कायम गरेर वा सम्भव नभए विद्युतीय प्रणालीको प्रयोग गरेर) गरी महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि हालसम्म सम्बन्धित तह (प्रदेश र स्थानीय तह) मा चालिएका कदमहरूको वस्तुनिष्ठ समीक्षा गर्ने।’

त्यस्तै, क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा बसेकाहरुको अनुगमन गर्नसमेत नेकपाले स्थानीय कमिटीका सदस्यहरुलाई निर्देशन दिएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,