Connect with us
Kapilvast Forest

लक्षण नभएकाको कोरोना परीक्षण नगर्ने स्वास्थ्य मन्त्रालयको तयारी

२०७७, ३० भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षणविहीन कोरोना संक्रमितहरूको पिसिआर परीक्षण नगर्ने नीति लागू गर्ने तयारी गरेको छ।मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले अब लक्षणविहीनको परीक्षण नगर्दा पनि फरक नपर्ने निष्कर्ष निकाल्दै मन्त्रालयले लक्षण भएकाहरूको मात्र परीक्षण गर्ने गरी काम अघि बढाएको जानकारी दिनु भयो ।

यसबारे छलफल भएको हो तर मन्त्रिपरिषद्मा प्रस्ताव गएको जानकारी भएन,लक्षण भएकाहरूको मात्र परीक्षण गर्ने र नभएकाहरूको नगर्दा पनि फरक पर्दैन तर आइसोलेसनमा चाहिँ बस्नुपर्छ भन्ने मन्त्रालयको ‘ भनाइ छ।
उहाँले अब ट्रेस गरेरमात्र परीक्षण बढाउने भन्दा पनि क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनमा मन्त्रालयले जोड दिने जनाएको छ।

यस्तै मन्त्रालयले विपन्न वर्गको मात्र निस्शुल्क कोरोना उपचार गर्ने र अन्यले आफ्नै खर्चमा उपचार गर्नुपर्ने विषयमा पनि छलफल अघि बढाएको छ।छलफल मात्र भएको हो। अब यसको निर्णय गर्ने त सरकारले हो,ु सहप्रवक्ता अधिकारीले भन्नु भयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,