Connect with us
Kapilvast Forest

एक महिने शिशुमा कोरोना संक्रमण पुष्टि

२०७७, ३० भाद्र मंगलवारमा प्रकाशित

hetauda

मकवानपुर — मकवानपुरमा एक महिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालाबाट मंगलबार विहान प्राप्त पीसीआर नतिजा अनुसार हेटौंडा–४, का एक महिने शिशु ९बालक०मा कोरोना पुष्टि भएको हो ।

हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंका अनुसार शिशुकी ३६ वर्षीय आमालाई कोरोना पोजिटिभ देखिएपछि परिवारकोसमेत स्वाब संकलन गरी पीसीआर गरिएको थियो । ‘परिवारको अन्य सदस्यलाई कोरोना देखिएको छैन । सुत्केरीको समयमा अस्पतालमा बस्दा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान गरीएबमे छ ‘शिशु र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरु घरमै आइसोलेटेड भएर बसेका छन् ।

उनीहरुको स्वास्थ्यकर्मीको टोलीले निगरानी गरिरहेको छ । योसँगै मकवानपुरमा कोरोना संक्रमित हुनेको संख्या १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ जनाले ज्यान गुमाइसकेका छन् ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,