Connect with us
Kapilvast Forest

महालक्ष्मी नगरपालिकाका मेयर श्रेष्ठलाई कोरोना संक्रमण

२०७७, ३० भाद्र मंगलवारमा प्रकाशित

meyar-serestha.jpg

काठमाडौँ — महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । उहाँले मगंलबार सामाजिक सञ्जालमा आफूलाई कोरोना भाइरस संक्रमण भएको सार्वजनिक गर्नु भएको हो । कोरोनालाई छिट्टै जितेर पुनस् नगरलाई सुरक्षित बनाउने अभियानमा निरन्तर जुट्ने उहाँले जनाउनु भयो ।

श्रेष्ठले लेख्नु भएको छ , ‘आदरणीय नगरबासी दाजुभाइ तथा दिदिबहिनीहरु, विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई हाम्रो नगरमा फैलिन नदिन, नियन्त्रण र रोकथाम गरी नगरबासीहरुलाई सुरक्षित राख्न निरन्तररुपमा खटिरहँदा म आफै कोरोना भाइरसबाट संक्रमित भइ हाल उपचारमा रहेको जानकारी गराउँदै यो रोगलाइ छिट्टै जितेर पुन नगरलाई सुरक्षित बनाउने अभियानमा निरन्तर जुट्ने छु ।’

नगरपालिकाका जनस्वास्थ्य निरिक्षक भरत बोहराले मेयर श्रेष्ठलाई ३ दिनदेखि ज्वरो आइरहेको र उहाँको परिवारको पीसीआर परीक्षण गर्दा सोमबार कोरोना पुष्टि भएको हो ।

‘मेयर र उहाँको म्याडमलाई कोरोना पोजिटिभ देखिएको हो, उहाँको छोरीको भने नेगेटिभ आएको छ, । मेयर श्रेष्ठ हाल किस्ट अस्पतालको आइसोलेसनमा र उनकी श्रीमती घरमै आइसोलेसनमा बस्नु भएको छ ए ।ब्लड प्रेसर र डाइबिटिजको बिरामी र उच्च ज्वरो भएकाले मेयर श्रेष्ठ अस्पतालमा उपचार गराइरहेको उहाँले बताउनु भयो ।

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,