Connect with us
Kapilvast Forest

आईपीएल खेल्न यूएई पुगेका सन्दीप होटलको क्वारेन्टिनमा बस्ने

२०७७, ३० भाद्र मंगलवारमा प्रकाशित

sandip

काठमाडौं – यही सेप्टेम्बर १९ देखि यूएईमा सुरु हुने इन्डियन प्रिमियर लिग आईपीएल २०२० खेल्नका लागि नेपाली क्रिकेटर सन्दीप लामिछाने यूएई पुग्नु भएको छ । सन्दीप दिल्ली क्यापिटल्समा आवद्ध छन् । उहाँले पछिल्लो दुई सिजन दिल्लीका लागि खेल्नु भएको थियो ।

ट्रिनिडाड एण्ड टोबागोमा भएको क्यारेबियन प्रिमियर लिग सीपीएल खेलेर उतैबाट सन्दीप यूएई जानु भएको हो । सन्दीप सोमबार यूएई पुग्नु भएको हो । दिल्ली फ्रेन्चाइजले सन्दीप यूएई आइपुगेको जानकारी दिँदै उनलाई स्वागत समेत गरिसकेको छ । आइतबार नै जाने तय भएको भए पनि उडान छुटेपछि सन्दीप एकदिन ढिला यूएई पुग्नु भएको हो ।

सन्दीप अब होटल क्वारेन्टिनमा बस्नुहुने छ । उहाँले क्वारेन्टिनमा बस्नुपरेपनि कुनै समस्या नभएको भन्दै गिटारसहितको पोटो समेत पोष्ट गर्नु भएको छ ।

यस्तै सन्दीपले टिमको प्रशिक्षणमा सहभागी हुनका लागि अब कोरोना परीक्षण गराउनुपर्नेछ । दुई पटक कोरोना नेगेटिभ आएपछि मात्र उहाँले टिमको प्रशिक्षणमा सहभागी जनाउनेछन् ।

सन्दीपले सीपीएलमा जमैका तलावाहजबाट खेल्दै उत्कृष्ट प्रदर्शन गर्नु भएको थियो ।१३औं संस्करणको आईपीएलको उद्घाटन खेलमा साविक बिजेता मुम्बई इन्डियन्स र साविक उपविजेता चेन्नाई सुपर किंग्स भिड्नेछन् । सन्दीप समावेश दिल्लीले पहिलो खेल सेप्टेम्बर २० मा किंग्स एलेभेन पञ्जावसंग खेल्नुहुने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,