Connect with us
Kapilvast Forest

जबर्जस्ती करणी मुद्दाका फरार २ जना ६ वर्षपछि पक्राउ

२०७७, ३० भाद्र मंगलवारमा प्रकाशित

pakrauu

कञ्चनपुर – सामूहिक जबर्जस्ती करणी मुद्दाका फरार कञ्चनपुरका दुई जनालाई प्रहरीले छ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी टोलीले पुनर्वास नगरपालिका–११ का ३० वर्षीय चन्नु राना र सोही ठाउँका २६ वर्षीय अनिल रानालाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनु भयो ।

स्थानीय युवतीलाई जबर्जस्ती करणीको वारदातपछि दुवै जना विसं २०७१ फागुन महिनादेखि फरार रहेका दुवै जनालाई कञ्चनपुर जिल्ला अदालतलेविसं २०७२ असार २८ गते जनही ११÷११ वर्षको कैद सजाय तोकेको थियो । घरमै रहेका बेला दुवै जना पक्राउ परेका हुन् । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि प्रहरीले अदालतमा पेश गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,