Connect with us
Kapilvast Forest

असोज ३ गते विश्वभरका इलामेलीहरुको भर्चुअल भेला हुने

२०७७, ३० भाद्र मंगलवारमा प्रकाशित

chiya bagan

काठमाडौं- विश्वभरका इलामेलीहरुको भर्चुअल भेला हुने भएको छ । भेलाका लागि आगामी असोज ३ शनिबार साझ ५.३० बजेको समय तय गरिएको छ ।जिल्ला समन्वय समिति इलामको संयोजनमा हुने विश्व इलामेली भेला (Global Ilameli Meet 2020)को तयारी तीव्र पारिएको छ ।

सम्मेलनको तयारीमा इलाम विकास समाज, काठमाडौं, इलामेली समाज प्रदेश न. १ र इलामसँग सम्बद्ध विश्वभरका संघसंस्थाहरुको संलग्नता रहेको जानकारी भेलाका संयोजक एवं जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले जानकारी दिनु भयो ।

भेलाको मुख्य तीन उदेश्यहरु लिइएको छ । विश्वभर छरिएर रहेका इलामेलीहरुलाई एकिकृत गर्दै एकआपसमा भाइचारा कायम गर्ने, ज्ञान, सीप र क्षमतामा अभिबृद्धि गरी स्रोतको परिचालन गर्दै समुन्नत र समृद्ध इलामको निर्माण गर्ने र आसन्न कोभिड–१९ का कारण इलाम र इलाम बाहिर रहेका इलामेलीहरुमा कठिनाई भएमा आपसी सरसहयोग आदानप्रदान गर्ने उदेश्य रहेको इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिनु भयो ।भेला कै क्रममा विश्वभरका इलामेली संघ, संस्थाहरु तथा इलामेलीहरुको तथ्यांक संकलन गरी व्यवस्थित गरिनेछ ।

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,