Connect with us
Kapilvast Forest

२५ क्षमताको कारागारमा ६० कैदी

२०७७, ३० भाद्र मंगलवारमा प्रकाशित

arghakhamchi-karagar.jpg

प्रेमनारायण आचार्य ,सन्धिखर्क- अर्घाखाँचीको सन्धिखर्कमा हरेको जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राखिएको छ । हाल कारागारमा तीनजना महिला र ५७ जना पुरुष गरी ६० जना कैदीबन्दी रहेको जिल्ला कारागार कार्यालयका जेलर कृष्ण प्रसाद आचार्यले बताउनु भयो ।

क्षमताभन्दा दोब्बर बढी कैदी राख्दा उनीहरुले पाउनुपर्ने न्युनतम सुविधासम्म पाएका छैनन् । पच्चीसजना कैदीको क्षमता रहेको कारागारमा दोब्बर बढी कैदिबन्दी राखेपछि उनीहरु कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।

बजेट अभावले कारागारको स्तरोन्नति हुन नसक्दा कैदीहरु समस्यामा छन् । कारागार व्यवस्थापन विभागबाट गत वर्ष एउटा भवन बनेको छ,वाल निर्माणका लागि विभागमा कुराकानी भइरहेको छ । कम्पाउन्ड वाल नहुँदा त्यस भवनमा कैदीबन्दी सार्न सकिएको छैन  प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले भन्नु भयो ।

कम्पाउन्ड वाल नहुँदा त्यस भवनमा कैदीबन्दी सार्न सकिएको छैन ।त्यो भवन प्रयोगमा आएपछि सहजरुपमा कैदीबन्दी बस्न मिल्नेछ । उक्त भवनको वाल सकिएपछि झन्डै ८० जना राख्न सकिने उहाँको भनाइ छ । २०४५ सालमा निर्माण गरिएको कारागार द्वन्दकालमा क्षतिग्रस्त भएको थियो ।

टालटुल पारेर २०७१ सालदेखि यहाँ कैदीबन्दी राख्न सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले बताए । बजेटको व्यवस्था भए कम्पाउन्ड मर्मत गरेर नयाँ भवनमा कैदी सार्न सकिने भएपनि त्यहाँ कसैको नजर पुग्न सकेको छैन ।

कारागार बनेको धेरै वर्ष भइसकेको र द्वन्दकालमा क्षतिग्रस्त भएकाले जीर्ण अवस्थामा रहेको उहाँको भनाइ छ । आफूहरुले सम्बन्धित निकायमा आवश्यक बजेटको माग गरिरहेको बताउनु भयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,