Connect with us
Kapilvast Forest

कर खारेज लगाएतका माग राख्दै व्यापारी विरोधमा

२०७७, ३० भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं-कोरोना महामारीका कारण व्यापार व्यवसाय धरासायी भएको भन्दै यस अवधिको कर खारेज गर्नुपर्ने लगाएतका माग राखी व्यापारीहरुले कोटेश्वरमा बिरोध प्रदर्शन गरेका छन् ।

व्यवसायमा लगानी गरेको ऋणको व्याज बढ्दै जाँदा सरकारले भने कुनै सहुलियत नदिएको भन्दै काटेश्वरका व्यपारीहरुले शान्तिपूर्ण विरोध गरेका हुन् ।

उनीहरुले लडाउनको अवधीको भाडा मिनाहा गर्नुपर्ने, लकडाउन र निषेधाज्ञा अवधिको कर खारेज गर्नुपर्ने, बैंकको व्याज मिनाहा गर्नुपर्ने माग राख्दै प्लेकार्ड प्रदर्शन गरेका थिए ।उनीहरुले बैज्ञानिक घरभाडा लागू गर्न पनि सरकारलाई सुझाव दिएका छन् ।

अहिलेको अवस्थामा व्यवसाय गर्ने वातावरण बनाउन र यस अवधिमा देखिएका समस्या समाधानका निम्ती ध्यानाकर्षण गराउन शान्तिपूर्ण प्रदर्शन गरिएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका सदस्य नील प्रसाद घिमिरेले जानकारी दिनु भयो
उनीहरुले हरेक दिन कार्यालय समयमा शान्तिपूर्ण प्रर्दशन गर्ने र आफुहरुका मागका बारेमा कुनै सुनुवाई नभए कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,