Connect with us
Kapilvast Forest

निषेधाज्ञा हट्यो, स्वास्थ्य मापदण्डको पालना गर्न प्रशासनको आग्रह

२०७७, ३० भाद्र मंगलवारमा प्रकाशित

सप्तरी-स्थानीय प्रशासनले सप्तरीमा जारी निषेधाज्ञालाई ५२ दिनपछि आजदेखी हटाएको छ । निषेधाज्ञा हटेसंगै बजारमा चहलपहल बढेको छ ।

जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको सोमबार साँझ बसेको बैकठले सप्तरीमा गत साउन ८ गतेदेखी लगाइएको निषेधाज्ञालाई सुरक्षा र स्वास्थ्यको मापदण्ड तोकि हटाउने निर्णय गरेको हो ।

निशेधाज्ञा अन्य भएसंगै पसल, बैंक तथा बित्तिय संस्था, सरकारी कार्यालय, स्थानिय तह, उद्योग, कलकारखाना लगायतले सरकारबाट जारि भएको सुरक्षा र जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरि संचालनमा ल्याउन सकिने छ ।

सोमबार बसेको जिल्ला सं‌कट व्‍यवस्थापन समितिको बैठकले निषेधाज्ञाबाट आम जनजिविकामा परिरहेको असर समेतलाई दृष्टिगत गरी सुरक्षा सतर्कता अपनाउँदै व्यापार, व्यवसाय, उद्योग, कलकारखाना र सरकारी कार्यालय खोल्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरले जानकारी दिनु भयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,