Connect with us
Kapilvast Forest

राष्ट्रिय युवा सघं नेपालद्धारा स्वास्थ्य सामग्री वितरण

२०७७, ३० भाद्र मंगलवारमा प्रकाशित

yuwasang.jpg

केशव बेल्वासे, कपिलवस्तु- कोरोना भाइरसको संक्रमणबाट बच्न राष्ट्रिय युवा सघं नेपाल कपिलवस्तुले आज मास्क, सेनिटाईजर लगायतका आधारभूत स्वास्थ्य सामग्री वितरण गरेको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसबाट हुनसक्ने महामारीबाट बच्न मास्क, स्यानिटाइजर, साबुनलगायतका सामग्री वितरण गरिएको हो ।

विजयनगर गाउँपालिकाको इलाका प्रहरी कार्यालय सुन्दरीडाँडा, अस्थाई प्रहरी कार्यालय खडैचा, इलाका प्रहरी कार्यालय गणेशपुर, बाहादुरगंज प्रहरी कार्यालय, अस्थाई प्रहरी कार्यालय ठाकुरपुर, जगदिशपुर अस्थाई प्रहरी कार्यालय, सामुदायिक रेडियो भ्वाईस चन्द्रौटा र रेडियो विजयनगरलाई मास्क, सेनिटाइजर, साबुन लगायतका स्वास्थ्य समगी वितरण गरीएको राष्ट्रिय युवा सघं नेपाल कपिलवस्तु जिल्ला सह संयोजक कृष्ण कार्कीले जानकारी दिनुभयो ।

स्वास्थ्य सम्रगी बुझ्दै इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले आजसम्म कोहि पनि स्वास्थ्य साम्रगी लिएर त्यहासम्म पुग्न नसकेको र पहिलोपल्ट राष्ट्रिय युवा सघं नेपाल स्वास्थ्य साम्रगी लिएर त्यहाँसम्म पुग्दा खुसी व्यक्त गनुभएको थियो । कोभिड–१९ को महामारीबीच अग्रपङ्तिमा रहेर खटिने सुरक्षाकर्मि र सञ्चारकर्मीलाई राष्ट्रिय युवा सघं नेपाल कपिलवस्तुद्धारा विजयनगर गाउँपालिकाकासम्म पुगेर स्वास्थ्य सामग्री वितरण गरीएको हो ।

राष्ट्रिय युवा सघं नेपाल कपिलवस्तु जिल्ला सह संयोजक कं कृष्ण कार्की, राष्ट्रिय युवा सघं नेपाल कपिलवस्तु जिल्ला सदस्य कं विजय सापकोटा, राष्ट्रिय युवा सघं नेपाल कपिलवस्तु जिल्ला कमिटि सदस्य कं दिपेन्द्र खड्का, नेकपा नगर कमिटि सदस्य कं सरोज पौडेल, युवा नेता कं रमेश खाति क्षेत्री लगायतको सहभागीतामा स्वास्थ्य समग्री वितरण गरीएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,