Connect with us
Kapilvast Forest

कपिलवस्तु नगरपालिकामा कार्यरत शाखा अधिकृत बाग्लेको बिदाई

२०७७, ३० भाद्र मंगलवारमा प्रकाशित

kapilvastu

कपिलवस्तु-

कपिलवस्तु नगरपालिकामा कार्यरत नासुबाट बढुवा भई शाखा अधिकृत बने पछि सरुवा भएका बिजयराज बाग्लेको तौलिहवामा बिदाई गरिएको छ । सरुवा भई धादिङको त्रिपुरा सुन्दरी गाउपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा जना लागेका बाग्लेको कपिलवस्तु नगरपालिकाले खादा, फुलमाला र मायाको चिनो दिएर बिदाई गरेका हो ।

्तत्कालीन शिक्षा कार्यालय र कृषि कार्यालय र कपिलस्तु नगरपालिका गरी बाग्लेले २ दशक कपिलस्तुमा सेवा गरेका छन । कपिलवस्तु नगरपालिकामा २०७४ चैतमा आएका थिए । नगरपालिकाका मेयर किरण सिंहले कर्मचारीकारुपका वाग्लले राम्रो काम गरको बताए ।

उनले कामका दौरान बाग्लेबाट सधै नै सहयोग पाएको बताए । यस्तै सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद ज्ञवालीले मिलनसार सहयोगी बाग्ले आफनो जिम्मेवारी कुशलतापुर्वक गर्ने गरेको बताए । सो अवसरमा कपिलवस्तु नगरपादिलका वडा नम्बर ७ का अध्यक्ष धरमात्मामणि त्रिपाठीले राम्रो काम गरेको भन्दै बाग्लेलाई पुरस्कार स्वरुप ब्यक्तिगतरुपमा नगद समेत दिएका थिए ।

सो अवसरमा बाग्लले कपिलवस्तुबाट आफुले धेर्रै माया पाएको बताए । उनले यहाबाट सिकेको कुरा लागु गर्ने बताए । नगरपालिकाका मेयर सिंहको अध्यक्षता, सामजिक विकास अधिकृत पदमराज श्रेष्ठको संचालन र प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको मन्तब्यमा कार्यक्रम भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,