Connect with us
Kapilvast Forest

असोज १ गते देखि होटल संचालन गर्न दिनु पर्ने माग

२०७७, ३० भाद्र मंगलवारमा प्रकाशित

कपिलवस्तु –

कोरोना भाईरसका कारण जारी लकडाउनले थला परेका होटल तथा रेस्टुरेन्टलाई असोज १ गते देखि संचालन गर्न दिनु पर्ने होटल तथा रेस्टुरेन्ट ब्यवासयी संघले माग गरेको छ । ६ महिना लामो लकडाउनले ब्यवासयीहरु मारमा परेको भन्दै स्वास्थय मापदन्ड पुरा गरी होटल र रेस्टुरेन्टलाई संचालन गर्न दिनु पर्नेमाग गरिएका हो । संघको जिल्ला समिति र ६ वटा नगर कार्य समितिले प्रशासन कार्यालयमा संयुक्त ज्ञापन पत्र दिदै सो माग गरेका हुन ।

उनीहरुले स्वास्थयका सबै मापदन्ड पुरा गरी सुरक्षितरुपमा ब्यवासय संचालन गर्ने प्रतिबद्धता समेत जनाएका छन । संघका जिल्ला सभापति गोपाल खत्री र उपाध्यक्ष रेशम ढकाल र कपिलस्तु नगरपालिका ईकाइका अध्यक्ष संदीप जैसवालले प्रजिअ दीर्घ नारायण पौडेललाई ज्ञापन पब बुझाउदै सो माग गरेका हुन । आफुहरुले होटल तथा रेस्टुरेन्टमा सामाजिक दुरी, अनिवार्य मास्क, लगायतका स्वास्थ्य मापदन्डहरु अपनाउने सामुहिक निर्णय गरेको अध्यक्ष क्षेत्रीले बताए । ब्यवासयीहरुले ती मापन्डको पालना गरे नगरेका हेर्नेछौ र आवश्क परामर्श समेत दिने गरी कार्य योजना बनाईको उनले बताए । होटल तथा रेस्टुरेन्टहरुको प्रशासनले नियमित अनुगमन र निरीक्षण गर्ने र पालना नगर्ने ब्यवसायीलाई कानुन अनुसार कारबाही गर्नु पर्ने उनले बताए ।

उपाध्यक्ष ढकालले लामो लकडाउनले बैक रिन, घरभाडा लगायतका कारण चरम मारमा परेकोले ब्यवासयीहरुको माग सम्बोधन हुनेमा आफुहरु आशाबादी रहेको बताए । ‘ हामी सुरक्षितरुमा होटल र रेस्टुरेन्ट खोल्ने छौ ’ उनले भने । ज्ञापन पत्र बुझदै प्रजिअ दीर्घ नारायण पौडेलले बुधवार प्रशासन कार्यालयमा हुने बिपद ब्यवस्थापन समितिको र्बैठकमा यस बारे छलफल गरेर आवश्यक निर्णय लिने बताए । ज्ञापन पत्रको बोधार्थ जिल्लाका १० वटै पालिकालाई बुझाएका छन । संघको जिल्ला समिति र कपिलवस्तु, कृष्णगनर, शिवराज, महाराजगंज, बुद्धुभमी र बाणगंगा नगरपालिका कार्य समितिले बैठक बसी होटल संचालन गर्न दिनु पर्ने निणर््ाय गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,