Connect with us
Kapilvast Forest

स्व. पौडेलको शोकमा भोली चन्द्रौटा बजार बन्द गर्न व्यापार संघ कपिलवस्तुको आग्रह

२०७७, ३० भाद्र मंगलवारमा प्रकाशित

byapar

कपिलवस्तु-व्यापार संघ कपिलवस्तुले आफ्नो संस्थापक सदस्य एवम व्यावसायि साथै चन्द्रौटा क्षेत्रका सामाजिक ,राजनैतिक र वौद्दिक ब्यक्तित्व टिकाराम पौडेलको भाद्र २८ गते भएको आकास्मिक निधन प्रति श्रद्धान्जली व्यक्त गर्दै भाद्र ३१ गते( भोली )विहान ८ बजे देखि ११ बजे सम्म चन्द्रौटा क्षेत्रका सम्पूर्ण उद्योग ,व्यापर व्यवसाय ,कलकारखाना बन्द गर्न समपुर्ण व्यावसायिहरुलाइआग्रह गरेको छ ।

संस्था सस्थापक सदस्य एवम यस क्षेत्रका बौद्दिक तथा समाज सेवी व्यक्तित्व पौडेलको निधनले संस्थालाई अपुरणिय क्षति पुगेको संस्थाका अध्यक्ष महादेव पाख्रलले बताउनु भयो । साथै उहाँले  मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट  गर्नुभयो ।
वैचारिक, सरल, कर्मठ, अनुशासित, एवम् सामाजिक अभियान्ताको निधनको खबरबाट सिंगो सस्थानै स्तब्ध एवम् शोकाकूल भएको सस्थाका महासचिव जगत पौडेलले वताउनु।

शिवराज नगरपालिका वडा नं. ५, चन्द्रौटा, कपिलवस्तु निवासी स्व. टिकाराम पौडेलले अर्घाखाँची हुदै कपिलवस्तुको राजनैतिक, सामाजिक, साँस्कृतिक आनदोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको थियो ।अर्घाखाँचीको सिद्दाराबाट अध्यापन पेशाबाट विदालिई २०५६ सालमा स्व. टिकाराम पौडेल कपिलवस्तुको शिवपुर, करलियामा बसाई सराई गर्नु भएको थियो । ५८ वर्षे स्व. टिकाराम पौडेलका तीन छोरी, एक छोरा र एक श्रीमती हुनुहुन्छ । अर्घाखाँचीको जुकेनामा जन्मनु भई २०५६ साल देखी कपिलवस्तुलाई कर्मथलो बनाउनु भएका टिकाराम पौडेलको २८ गते आइतवार राती ११ बजे भिम अस्पताल भैरहवामा दुःखद् निधन भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,