विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालालाई

काठमाडौँ – सरकारले नेपाल विद्युत प्राधिकरणको निमिक्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिएको छ । कोइराला प्राधिकरणको १२ औँ तहको उपकार्यकारी निर्देशक पदमा कार्यरत कर्मचारी हुनुहुन्थ्यो ।
उर्जा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट कोइरालालाई निमिक्त कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको स्रोतले जनाएको छ ।विद्युत प्राधिकरणका यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको भदौ २८ गते पदावधि सकिएको थियो ।

