Connect with us
Kapilvast Forest

पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन

२०७७, ३१ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं- पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको एक सय वर्षको उमेरमा निधन भएको छ ।काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा मंगलबार बेलुकी ७ः३० बजे उहाँको निधन भएको हो । चिकित्सकका अनुसार निमोनियाका कारण उहाँको निधन भएको हो ।

वि.सं. २००३ सालमा झापा गोश्वाराको हाकिम भइ सरकारी सेवामा प्रवेश गर्नुभएकाा वि।सं। २००४ सालदेखि २०११ सालसम्म झापा, दाङ, तौलिहवा र पाल्पाको बडाहाकिम भई काम गरेका थिए । उहाँ २०१२ सालमा शाही सल्लाहकारमा मनोनयन पनि हुनु भएको थियो ।

त्यसपछि २०१३ सालमा सर्वोच्च अदालत ऐन जारी भई सर्वोच्च अदालत गठन भएपछि प्रधान न्यायाधीशका रुपमा अनिरुद्र प्रसाद सिंहले तीन वर्षसम्म न्यायालयको नेतृत्व गर्नु भएको थियो । न्यायालयमा रहँदा सिंहले अदालतका नजिरहरुको अभिलेखीकरणका २०१५ सालबाट नेपाल कानुन पत्रिका (नेकाप)को प्रकाशन आरम्भ गर्नु भएको थियो ।

२०१६ सालमा उहाँ लोकसेवा आयोगको अध्यक्ष पनि बन्नुभएको थियो । त्यसपछि उहाँ कानुन, वनलगायतका मन्त्री पनि बन्नु भएको थियो । २०१८ सालमा उहाँनलाई राजा महेन्द्रले नारायणहिटी राजदरबारमा कार्यालय स्थापना गरी विशेष जाहेरी विभागको प्रमुख नियुक्त गर्नु भएको थियो ।

२०३२ सालमा उहाँलाई संविधान सुधार आयोगको अध्यक्ष पदमा मनोनयन गरिएको थियो । २०३४ सालमा तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगको पहिलो प्रमुख आयुक्तमा उहाँ नियुक्त हुनु भएको थियो । अख्तियारमा २०३४ साल पुस १३ गतेदेखि २०४२ साल बैशाख ३० गतेसम्म कार्यरत उहाँ त्यसलगत्तै राजसभा स्थायी समितिको सभापतिसमेत बन्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,