Connect with us
Kapilvast Forest

जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित

२०७७, ३१ भाद्र बुधबारमा प्रकाशित

suga

एजेन्सी -योशिहिदे सुगा जापानका नयाँ प्रधानमन्त्री निर्वाचित भएका छन्।बुधबार तल्लो सदनमा भएको चुनावबाट सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी)का नेता सुगा प्रधानमन्त्री चुनिनु भएको छ । उहाँले खसेको ४६२मध्ये ३१४ मत पाउनु भएको छ ।

पूर्वप्रधानमन्त्री सिन्जो आबेका बफादार सहकर्मीका रूपमा काम गरेका सुगा सोमबार भएको सत्तारूढ नेतृत्वको चुनावमा भारी मतले विजयी हुनु भएको थियो ।उहाँ यसअघि प्रमुख क्याबिनेट सेक्रेटरी थिए। सुगालाई प्रधानमन्त्री हुने बाटो खुलेको हो।

७१ वर्षीय सुगाले आबेको विदेश र अर्थ नीतिलाई निरन्तरता दिने बताउनु भएको छ ।आबेले अगस्ट अन्तिम साता स्वास्थ्यका कारण राजीनामा दिनु भएको थियो । सुगाले अब सन् २०२१ सेप्टेम्बरसम्म पार्टी प्रमुख र प्रधानमन्त्रीको पद समाल्नु हुने छ ।

पार्टीको चुनाव जितेपछि सुगाले आबेलाई धन्यवाद दिएका थिए।म अकिताका एक किसानको जेठो छोराको रूपमा जन्मिएको थियो,कुनै ज्ञान वा रगतको नाता नहुँदै, मैले राजनीतिको विश्वमा शून्यबाट प्रवेश गरें र परम्परा र इतिहासका साथ म एलडिपीको प्रमुख बन्न सक्षम भएँउहाँले भन्नु भयो ।

उत्तर जापानका स्ट्रबेरी किसानका छोरा सुगाले स्थानीय तहको सदस्यको रूपमा राजनीति सुरू गर्नु भएको थियो सन् २०१२ देखि उहाँ आबेको क्याबिनेटमा कार्यरत हुनुहुन्थ्यो।

Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,