Connect with us
Kapilvast Forest

इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको निर्णायक एकदिवसीय आज

२०७७, ३१ भाद्र बुधबारमा प्रकाशित

एजेन्सी- घरेलु टिम इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय आज (बुधबार) हुँदैछ ।म्यानचेस्टरमा हुने अन्तिम एकदिवसीय नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ ।ओल्ड ट्राफोर्डमा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । किनकि यस खेल निर्णायक हो ।

अघिल्ला दुई खेलमा दुबै टिमले एक एक पटक जित निकालेका छन् ।पहिलो खेलमा अष्ट्रेलियाले १९ रनको जित निकालेको थियो । तर, दोस्रो खेलमा इंग्ल्यान्डले २४ रनको जित निकालेको थियो ।

जसको कारण तीन खेलको सिरिज १-१ को बराबरीमा रहेको छ । अन्तिम खेल जित्नेले सिरिज आफ्नो बनाउने छन् ।यस्तोमा दुबै टिम सिरिज जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

विश्व विजेता इंग्ल्यान्डले सन् २०१५ पछि घरेलु मैदानमा एकदिवसीय सिरिज गुमाएको छैन ।इंग्ल्यान्डले अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिज समेत २-१ ले जितिसकेको छ ।त्यसैले इंग्ल्यान्ड उच्च आत्मबलका साथ मैदान उत्रने छन् ।

यता, अष्ट्रेलिया बलियो टिमविरुद्ध सम्हालिएर खेल्नेछ । किनकि टी-ट्वान्टी सिरिज गुमाएको अष्ट्रेलिया एकदिवसीय सिरिज आफ्नो बनाउने योजनामा रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,