Connect with us
Kapilvast Forest

देशकै ठूलो इन्टरनेट कम्पनी वर्ल्डलिङ्कको २५ वर्ष : अब ग्रामीण क्षेत्रमा पनि केन्द्रित हुने

२०७७, ३१ भाद्र बुधबारमा प्रकाशित

worldlink-internet.

काठमाडौं – देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्प्युनिकेसन्स लिमिटेडलेले आफ्नो स्थापनाको २५ वर्ष पुरा गरेको छ । सन् १९९५ मा ईमेल सेवासँगै सुरु भएको वर्ल्डलिङ्कको यात्राले मंगलबार २५ औं बसन्त पार गरेको हो ।

अध्ययनका लागि अमेरिकामा रहेका दिलिप अग्रवालले सन् १९९५ नेपालमा रहेका आफ्ना आमाबुबासँग इन्टरनेटमा जोडिने रहर पुरा गर्न सेवाको थालनी गरेका थिए । अहिले एफटीटीएच प्रविधि सहित वर्ल्डलिङ्कको इन्टरनेट सेवा देशका ७३ जिल्लामा विस्तार भइसकेको छ ।

नेपालमा प्रयोग हुने कूल इन्टरनेट ब्याण्डविथ मध्ये ४३ प्रतिशत ब्याण्डविथ वर्ल्डलिङ्कबाट नै खपत भइरहेको छ ।  कम्पनीले ३५ सयभन्दा बढी दक्ष कर्मचारीलाई रोजगारी समेत प्रदान गरिरहेको छ ।

कम्पनीले अहिले समग्र दूरसञ्चार क्षेत्रकै तेस्रो ठूलो कम्पनीको रुपमा स्थापित भइसकेको छ । वर्ल्डलिङ्क नेपाल सरकारलाई धेरै भ्याट तिर्ने दशौं तथा सूचना प्रविधि क्षेत्रबाट आयकरमा पहिलो ठूलो कम्पनीको हो । हाल चार लाख घरायसीका साथै दश हजार कर्पोरेट तथा सरकारी ग्राहक छन् ।

सन् २०१४ मा सय करोड लगानी गर्ने योजनाका साथ सुरु गरिएको एफटीटीएच पूर्वाधारले कम्पनीलाई नयाँ उचाईमा पुर्‍याएको हो । सन् २०१७ मा ग्रामीण दूरसञ्चार विकास परियोजना हात पारेको कम्पनीले २०१९ मा उक्त आयोजना सफलतापूर्वक सम्पन्न गरी कर्णाली जस्तो विकट क्षेत्रमा समेत आफ्नो इन्टरनेट सेवा दिँदै आएको छ ।

सन् १९९६ नेपालमै पहिलो पटक लिनक्सको प्रयोग गरेको कम्पनीले सन् १९९७ मा डायलअप इन्टरनेट सेवाको सुरुवात गर्‍यो । काठमाडौंमा सीमित रहेको इन्टरनेट सेवा सन् १९९९ मा काठमाडौं बाहिर समेत विस्तार हुन थाल्यो । अब ग्रामीण क्षेत्रमा पनि केन्द्रित हुने भएको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,