Connect with us
Kapilvast Forest

बिल गेट्सका पिताको ९४ वर्षको उमेरमा निधन

२०७७, ३१ भाद्र बुधबारमा प्रकाशित

bill-gates-sr-father.jpg

एजेन्सी- माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्धितीयको ९४ वर्षको उमेरमा हुड क्यानलस्थित निवासमा सोमबार निधन भएको विल गेट्सको पारिवारिक स्रोतले दिएको छ । विलियम हेनरी गेट्सको सोमबार निधन भएको जानकारी मंगलबार गराएको हो ।

उहाँ अल्जाइमरको विरामी हनुहुन्थ्यो।उहाँको निधनपछि विल गेट्सले आफ्ना पिता आफ्नो जीवनका वास्तविक ‘हिरो’ भएको बताउनु भयो । उहाँको प्रेरणाका कारण आफू परोपकारी कार्यमा लागेको विल गेट्सले बताउनु भएको छ ।

बिल एण्ड मालिन्डा गेट्स फाउन्डेसनको स्थापनामा उहाँको ठूलो योगदान र प्रेरणा रहेको बिल गेट्सले जनाउनु भएको छ । विलियम हेनरी गेट्स द्धितीय अमेरिकाको एक प्रसिद्ध वकिल र उहाँ६९ वर्षको उमेरमा सन् १९९४ मा वकिल पेशाबाट निवृत्त हुनुहुन्थ्यो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,