Connect with us
Kapilvast Forest

पहिचान हुन नसकेको रोगका बिरामी बढ्दै

२०७७, ३१ भाद्र बुधबारमा प्रकाशित

sick

हुम्ला-हुम्लाको सर्केगाड गाउँपालिकाको उनापानीमा पहिचान हुन नसकेको रोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण सहित १५/२० जना बिरामी परेका छन् । गाउँमा दिनहुँ बिरामीको सङ्ख्या बढ्दै गएको स्थानीय पुसे कार्कीले जानकारी दिनुभयो ।

बिरामी बढ्दै गएका तर उपचारका लागि आधारभूत स्वास्थ्य केन्द्रमा जाँदा औषधिको अभाव भएपछि थप समस्या भएको कार्कीको गुनासो छ । अघिल्लो हप्ता जिल्ला अस्पताल सिमिकोट पुर्याएका एक जनाको भने ज्यान गएको छ ।

स्थानीयबासीले औषधी र स्वास्थ्यकर्मीको टोली खटाउन माग गरेका छन् । सर्केगाड गाउँपालिका स्वास्थ्य शाखामा औषधि अभाव भएका कारण स्वास्थ्य संस्थाहरुमा समेत अभाव देखिएको स्वास्थ्य संयोजक सन्तोष धामीले बताउनुभयो ।

स्वास्थ्यकर्मीहरुले समन्वय नगरेका कारण औषधि भए/नभएको थाहा नहुने स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताउनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,