Connect with us
Kapilvast Forest

भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो

२०७७, ३१ भाद्र बुधबारमा प्रकाशित

coona india
साकंकेतिक तस्विर

काठमाडौँ — भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ९० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५० लाख नाघेको हो ।

भारतको हैदराबादमा कोरोना भाइरस परीक्षणका लागि स्वाब दिन पर्खिरहेका स्थानीय । फाइल तस्बिर : एपी
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार मंगलबार मात्रै थप ९० हजार १ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार साँझसम्मको तंथ्याकअनुसार भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० लाख २० हजार ३ सय ५९ पुगेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक हजार २ सय ९० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८२ हजार ६६पुगेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा करिब ७८.५३ प्रतिशत संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ८२ हजार सय ६१ जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म ३९ लाख ४२ हजार ३ सय ६० जना निको भएका छन् भने करिब ९ लाख ९५ हजार संक्रिय केस रहेका छन् ।

भारतमा पछिल्लो समय परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या पनि बढिरहेको छ । भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्(आईसीएमआर)का अनुसार मंगलबार ११ लाख १६ हजार ८ सय ४२ नमुना परीक्षण भएको छ । भारतमा मंगलबार साँझसम्म ५ करोड ९४ लाख २९ हजार १ सय १५ नमुना परीक्षण भएको छ ।

कोरोना संक्रमणका हिसाबले भारत विश्वमै दोस्रो प्रभावित मुलुक हो । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा बुधबार बिहानसम्म ६६ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा हालसम्म एक लाख ९५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने करिब २५ लाख निको भएका छन् ।

त्यसैगरी बुधबार बिहानसम्म विश्वभर दुई करोड ९४ लाखभन्दा बढीमा कोरोना पुष्टि भएको छ भने ९ लाख ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये करिब २ करोड बढी निको भइसकेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,