Connect with us
Kapilvast Forest

नेकपाको संगठन विभागमा धनकुटाका नेता भण्डारीलाई पठाइने

२०७७, ३१ भाद्र बुधबारमा प्रकाशित

hemraj

धनकुटा – नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले संगठन विभागमा धनकुटाका हेमराज भण्डारीसहित २ जना जना थप गर्न सिफारिस गरेको छ। हालै सम्पन्न भएको स्थायी कमिटीको बैठकले नेकपाको सबैभन्दा शक्तिशाली मानिने संगठन विभागमा भण्डारीसहित ज्ञानबहादुर भुजेललाई सिफारिस गर्ने निर्णय गरेको नेकपा स्थायी कमिटी सदस्य एवं प्रदेश १ का इन्चार्ज भीम आचार्यले जानकारी दिनु भयो।

भण्डारी नेकपाको केन्द्रीय सदस्य तथा धनकुटा जिल्ला इन्चार्ज हुनुहुन्छ। भण्डारी तीन दशकयता राजनितीमा सक्रिय हुनुहुन्छ । नेकपा मसालबाट राजनीतिक यात्रा सुरु गरेका भण्डारी तत्कालीन नेकपा माओवादीले गरेका जनयुद्ध हुँदै २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा धनकुटा क्षेत्र नं। १ बाट निर्वाचित हुनु भउको थियो।

नेकपा एमाले र माओवादी केन्द्रको एकताअघि भण्डारी माओवादी केन्द्रको संगठन विभाग सचिव तथा पोलिटब्‍युरो सदस्य हुनुहुन्थ्यो। यस्तै, भुजेल तत्कालीन एमालेका संगठन विभाग सचिव हुनुहुन्थ्यो। दुई जना सदस्य थपिएसँगै नेकपाको संगठन विभाग १८ सदस्यीय हुने भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,