कोरोना संक्रमणबाट आज ८ जनाको मृत्यु पुष्टि, कुल मृतक संख्या ३७९ पुग्यो

काठमाडौं-नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप ८ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टाभित्र ४-४ महिला र पुरुषको निधन भएको छ ।
आज मृत्यु हुनेहरुमा चारजना वृद्धवृद्धा छन् । योसँगै कुल मृतकको संख्या ३ सय ७९ पुगेको छ । जसमध्ये २ सय ७१ पुरुष र एक सय ८ महिला छन् । नेपालमा संक्रमित हुनेहरुमध्ये मृत्युको प्रतिशत ०.६५ रहेको छ ।

