Connect with us
Kapilvast Forest

कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइरालाको आईसीयूमा राखेर उपचार

२०७७, १ आश्विन बिहीबारमा प्रकाशित

Dr-Shashanka-Koiralal.jpg

काठमाडौँ-कोरोना भाइरसबाट संक्रमित नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालालाई चावहिलस्थित ओम अस्पतालमा आइसीयूमा राखेर उपचार थालिएको छ ।

कोभिड­१९ को सङ्क्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहेका उनलाई मङ्गलबार साँझ ज्वरो आएपछि अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिनु भयो ।

‘अस्पताल आएदेखि नै हामीले आईसीयूमा राखेर उपचार गरिरहेका छौँ’, उहाँले भन्नु भयो , ‘अहिले उहाँको ज्वरो घटेर स्वास्थ्यमा सुधार भइरहेको छ ।’ उहाँका अनुसार महामन्त्री डा.कोइरालालाई निमोनिया भएको छ ।

महामन्त्री कोइरालाको उपचारमा अस्पतालमा निर्देशक डा.विश्वनाथ कोइरालाको नेतृत्वमा डा.सुवोधसागर ढकाल र डा.प्रमेशसुन्दर श्रेष्ठलगायतको टिम रहनु भएको छ ।

उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका प्रबन्ध निर्देशक कार्कीले जानकारी दिनु भयो । केही दिनअघि महामन्त्री डा.कोइरालालाई कोरोना सङ्क्रमण देखिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,