Connect with us
Kapilvast Forest

६ महिनापछि आजबाट लामो दूरीका सवारी साधन सञ्चालन हुने

२०७७, १ आश्विन बिहीबारमा प्रकाशित

असोज ५ गतेदेखि लामो दूरीको यातायात र आन्तरिक उडान खुला

काठमाडौं- गत चैत ११ देखि बन्द लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात बिहीबारबाट सञ्चालन हुने भएका छन् ।कोरोना सङ्क्रमणबाट सुरक्षित रहने कडा मापदण्ड अपनाएर सरकारले सार्वजनिक यातायात सञ्चालनमा खुला गरेको भौतिक पूर्वाधार तथा यायायात मन्त्रालयले जनाएको छ ।

बुधबार यातायात व्यवसायी, प्रहरी र यातायात व्यवस्था विभागका सरोकारवालालाई मन्त्रालयमा बोलाएर मन्त्री वसन्तकुमार नेम्बाङले सुरक्षा मापदण्ड कुनै पनि हालतमा कार्यान्वयन गर्न निर्देशन दिएका थिए । त्यसको अनुगमन ट्राफिक प्रहरी, विभाग, स्थानीय तहले गर्ने सहमति भएको छ ।

कुनै पनि सार्वजनिक सवारीसाधनले सिट क्षमताभन्दा आधा यात्रु चढाउनुपर्ने नियम कडाइसाथ पालन गर्नुपर्ने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनु भयो ।

उनका अनुसार प्रहरीले ठाउँठाउँमा चेक गर्नेछ । साबिक भाडामा ५० प्रतिशत बढाएर लिने तर सिट क्षमताको आधा यात्रु मात्र चढाउने मन्त्रिपरिषद्को निर्णय भएको र सो निणर्य पूर्ण कार्यान्वयन हुनेगरी तयारी भएको महानिर्देशक हमालले जानकारी दिनु भयो ।

साथै यात्रु तथा बसका कर्मचारीले अनिवार्य रूपमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्नुपर्ने छ । सामाजिक दूरी कायम हुनुपर्ने छ । यी नियम ट्राफिक प्रहरीले कडाइका साथ लागू गराउने भएको छ । लामो तथा मध्यम दूरीका यात्रुलाई खाजा तथा खाना स्थानीय प्रशासन र व्यवसायी सङ्घले नै समन्वयन गरेर खुवाउनुपर्ने छ । लामो दूरीका बसले बीच बाटोमा यात्रु चढाउने वा अनावश्यक काममा रोकिन पाउने छैनन् ।

व्यवसायीहरूले बिहीबार बिहानसम्म बस सञ्चालनको कार्यविधि उपलब्ध गराउन पनि माग गरेका छन् । यसअघि मन्त्रिपरिषद्ले लामो दुरीका सवारी साधन खुला गर्दै कार्यविधि बनाउने जिम्मा भौतिक तथा यातायात मन्त्रालयलाई दिएको थियो ।

यात्रुले अनिवार्य रूपमा मास्क प्रयोग गर्नुपर्नेछ । यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र भित्र अनिवार्य रूपमा सेनिटाइजर राख्नुपर्नेछ । चालक र सहचालकले भाइजर, पन्जा र मास्क अनिवार्य लगाएको हुनुपर्नेछ । दैनिक रूपमा बस डिसइन्फेक्ट गर्नुपर्नेछ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायत मजदुर संघका अध्यक्ष रामचन्द्र कार्की र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारले तोकेको भाडादर लिएर स्वास्थ्य मापदण्ड पूरा गरी सवारी साधन चलाउन अनुरोध गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,