Connect with us
Kapilvast Forest

२०२४ भन्दा छिटो कोभिड १९ खोप सर्वत्र खोप उपलब्ध नहुने

२०७७, १ आश्विन बिहीबारमा प्रकाशित

corona

एजेन्सी- विश्वको सबैभन्दा ठूलो खोप निर्माण कम्पनी, सेरम इन्सटिटिउटले २०२४ को अन्त्यसम्ममा मात्र दुनियाँभरका सबै मानिसलाई खोप लगाइ सकिने बताएको छ ।

कोभिड–१९ विरुद्धको खोपको दुईवटा डोज आवश्यक पर्ने भएमा त्यो भन्दा अगाडि जति सुकै ठूलो स्तरमा उत्पादन गरेपनि विश्वभरका मानिसका लागि पर्याप्त नहुने कम्पनीले बताएको हो ।

२०२४ भन्दा छिटो सर्वत्र खोप उपलब्ध हुने आशा गर्न नसकिने यसअघि अध्ययनकर्ताहरुले पनि बताइसकेका छन् । यसबारे इन्टरनल मेडिसिन तथा भााइरल रोगका विशेषज्ञ डाक्टर जर्ज रोड्रिगेजले भनेका छन्, “हालसम्मका रिसर्चहरु हेर्दा खोप मार्फत हाम्रो शरीरले भाइरस विरुद्ध पर्याप्त प्रतिरोधात्मक क्षमता हासिल गर्न, केही महिनाको अन्तरमा खोपका दुईवटा डोज लगाउन आवश्यक पर्ने देखिएको छ ।

तर हामीले यसमा के बुझ्नुपर्छ भने कोभिड संक्रमण कम गर्न वा नियन्त्रणका लागि दुनियाँका प्रत्येक व्यक्तिलाई खोप लगाउनै पर्नेछ भन्ने छैन । ”

तरपनि आफूहरुको खोप प्रभावकारी र सुरक्षित हुने अपेक्षा सहित विभिन्न कम्पनीहरुले सयौँ हजारौँका सङ्ख्यामा खोपको डोज उत्पादन सुरु गरिसकेका छन् । यतिखेर विश्वव्यापी रुपमा तीस खोप निर्माता कम्पनीहरुले मान्छेमा ट्रायल गराइरहेका छन् ।

ट्रम्पले राष्ट्रिय आपत्काल घोषणा गरेको ६ महिनापछि पनि अमेरिकाका विभिन्न क्षेत्रमा अझै अवस्था भयानक नै छ । २४ वटा स्टेटमा संक्रमण दर केही स्तरमा घट्दै गइरहेपनि १० वटा स्टेटहरुमा बिरामीहरुको सङ्ख्या लगातार बढि नै रहेको छ । यता उच्च तहका शिक्षण संस्थाहरु खोल्नुले संक्रमण दर झन वृद्धि भएकामा विज्ञहरुले बारम्बार चिन्ता जनाइरहेका छन् । यसअघि ५० वटै स्टेटमा गरेर युनिभर्सिटी र कलेजसँग सम्बन्धित ४५ हजार भन्दा धेरै संक्रमित फेला परिसकेको खबर गरिएको थियो ।

त्यसैगरी वैज्ञानिक रिसर्चमा यतिखेर राजनीतक चलखेल बढेकाप्रति पनि विश्वविद्हरुले गम्भीर चिन्ता व्यक्त गरिरहेका छन् । जस्तै कि स्वास्थ्य तथा मानव सेवा आयोगका सचिव माइकल कपुटो र उनको टोलीले सीडीसीको हप्तारभरको वैज्ञानिक रिपोर्ट फेरबदल गरि प्रस्तुत गरिरहेको पाइएको हो ।

राष्ट्रपति ट्रम्पले भाइरस सम्बन्धी दिने गरेको सकारात्मक सन्देश आधिकारिक डाटासँग मेल खाओस् भनेर त्यसरी अधुरो डाटा सार्वजानिक गरि पूरै जानकारी लुकाउने प्रयास भएको यसअघि न्युयोर्क टाइम्सले समेत रिपोर्ट गरेको थियो ।

माइकल कपुटो एक राजनीतिक नियुक्त हुन् । र यसअघि उनले फेसबुक मार्फत सिडीसीका वैज्ञानिकहरुमाथि ट्रम्पलाई गलत ठहर्याउन समर्पित रहेर छुट्टै युनिट सञ्चालन गरिरहेको गम्भीर आरोप समेत लगाएका हुन् । न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार उनले आफ्नो फेसबुक पोस्टमा सिडीसीले विज्ञान छाडेर राजनीतिमा लागेको ठहर गरेका हुन् । यसमा कतिपय वैज्ञानिकहरु अहिलेको सरकारका लागि काम नगरिरहेको पनि उनको भनाइ रहँदै आएको छ ।

यता वैज्ञानिक संघसंस्थाहरुबाट प्राप्त जानकारीलाई पूर्ण रुपमा सार्वजानिक नगर्ने गर्नुले सर्वसाधारणलाई अँध्यारोतर्फ धकेलिरहेको जर्ज वासिङटन युनिभर्सिटीका प्रोफेसर डाक्टर जोनथन राइनरले बताएका हुन् ।

यो केबल गलत सन्देशसँग मात्र सम्बन्धित नभएर वैज्ञानिक तथ्यलाई नै झुट्ल्याउने प्रयास भउको उनले बताएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,