Connect with us
Kapilvast Forest

नेपालमा मास्क र स्यानिटाइजर दिने रोबोट तयार हुँदै

२०७७, १ आश्विन बिहीबारमा प्रकाशित

robot_.jpg
साकंकेतिक तस्विर

कठमाडौँ- राष्ट्रिय विज्ञान दिवसको सन्दर्भ पारेर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले विश्वव्यापी महामारी रुपमा देखिएको कोरोनाको प्रभाव न्युनिकरणमा सहयोगी हुन सक्ने ‘नाष्ट भिजिटर सर्भिस रोबोट’ सार्वजनिक गर्ने लक्ष्य राखेको छ ।

सो प्रतिष्ठानमा कार्यरत इन्जिनियर रोशन पाण्डेको नेतृत्वमा चार अन्य इन्जिनियरको ‘इनोभेषन ग्रुप’ ले निर्माण गरिरहेको सो रोबोटले नेपाली र अँग्रजी दुई भाषामा कुराकानी गर्दछ, मास्क लगाएको छैन, भने मास्क झिकेर दिने र स्यानिटाइजर समेत दिन सक्नेछ ।

हालसम्म बनेका रोबोटले विरामीलाई औषधि र खाना पुर्याउने गर्दछ भने नाष्टले बनाईरहेको रोबोटले हात जोडेर अभिवादन गर्ने, माक्स लगाएको, नलगाएको छुट्टाउने र मास्क नलगाएकोलाई माक्स दिने, सेनेटाईजर दिने, नास्टको बारेमा बोलेर तथा श्रब्यदृश्य मार्फत सुचनाहरु दिन सक्नेछ, इन्जिनियर पाण्डेले भन्नुभयो । साथै, आर्टिफियल इन्टेलिजेन्स र मेसिन लर्निङमार्फत दोहोरो कुराकानी समेत गर्न सक्ने हुनेछ ।

सो रोबोट महिला स्वय्मसेविकाको स्वरुपमा तयार भईरहेको छ । मानिसको शरीरको तापक्रम नाप्ने, सेनिटाईजर डिस्पेन्सरजडित, मानिसले मास्क लगाए, नलगाएको सङ्केत समेत गर्नुको साथै नास्टको विभिन्न सूचनाहरु देखाउन सक्ने स्वचालित रोबोटले कार्यालयमा प्रवेश गर्दा र बाहिर आउँदा आगन्तुकलाई मास्क नलगाएको खण्डमा आफ्नो झोलाबाट माक्स निकाली दिने र सेनिटाईजर दिने तथा श्रव्य दृश्य मार्फत् सूचनाहरु दिएर कोरोना भाइरसको बारेमा जनचेतना दिनु नै यस रोबोटको मुख्य उद्देश्य हो, इन्जिनियर पाण्डेले बताउनुभयो । याे खबर गाेरखापत्र दैनिकमा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,