Connect with us
Kapilvast Forest

बार्सिलोनाको जितमा मेस्सीको दुई गोल

२०७७, १ आश्विन बिहीबारमा प्रकाशित

mesi-team.jpeg

एजेन्सी– क्याटलान क्लब बार्सिलोनाले प्रि(सिजनको मैत्रीपूर्ण खेल अन्तर्गत बुधबार भएको खेलमा जिरोनामाथि ३-१ को सहज जित दर्ता गरेको छ ।

बार्सिलोनाको जितमा कप्तान लिओनेल मेस्सीले दुई तथा फिलिपे कोउटिन्होले १ गोल गर्नु भयो ।पहिलो रोजाईमा अनुभवी खेलाडी उतारेको बार्सिलोनाले खेलको सुरुवातदेखि नै बल पोसेसनमा पकड जमाउँदै जिरोनाविरुद्ध आक्रमण बुनेको थियो ।

२१ औं मिनेटमा मेस्सीको उत्कृष्ट मुभपछि त्रिनकाओले मिलाएको पासमा कोउटिन्होले ट्याप इन गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाउनु भयो । पहिलो हाफको अन्तिम मिनेटमा मेस्सीले लामो दुरीबाट गरेको प्रहार गोलरक्षक कार्लोसले रोक्न नसक्दा बार्सिलोना २-० ले अघि बढ्यो ।

दोस्रो हाफको सुरुवाती मिनेटमा नै जिरोनाले गोल फर्कायो । फ्रेंकी डे जोङले मिडफिल्डमा गल्ति गरेपछि सामु साइजले गोल गर्दै खेलमा फर्कने संकेत दिए । तर कप्तान मेस्सीले ५१ औं मिनेटमा नै बार्सिलोनाको दुई गोलको अग्रता पुनस् स्थापना गरे । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्डरलाई लाग्दै गोल भएको थियो ।

प्रशिक्षक रोनाल्ड कोम्यानले ६० औं मिनेटमा ९ खेलाडी परिवर्तन गर्दै युवा टोलीलाई मैदान उतारे । पछिल्लो टोलीले गोल निकाल्न नसकेपनि प्रदर्शनको तुलनामा भने सुधार ल्यायो । आक्रमणमा थप गति र शक्ति देखिएको युवा टोलीले लगातार अवसर भने सिर्जना गरेको थियो । कोन्राड, पेड्री र डेम्बेलेले आक्रमणमा उत्कृष्ट प्रदर्शन गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,