Connect with us
Kapilvast Forest

प्याजको मूल्य २४ घण्टामै दुई गुणाले बढ्यो

२०७७, १ आश्विन बिहीबारमा प्रकाशित

भैरहवा-भारतले प्याज निर्यातमा रोक लगाएसँगै व्यापारीले कालोबजारी सुरु गरेका छन्। भारतले गत वर्षको असोज महिनामा पनि प्याज निर्यातमा रोक लगाएको थियो।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत पूर्णप्रसाद लम्सालले सोमबारसम्म प्याज आयात भए पनि मंगलबारदेखि भारतबाट प्याजका गाडी नआएको बताउनु भयो ।उहाँका अनुसार यस नाकाबाट दैनिक १२-१५ वटा प्याजका गाडी भित्रिने गरेका थिए।

भारतबाट प्याज आयात रोकिएपछि करिब दुई हप्ताअघि ३५ रुपैयाँ प्रतिकिलो रहेको प्याज व्यापारीले बुधबार बिहानसम्म प्रतिकिलो १ सय २० रुपैयाँसम्म पुर्‍याए।भारतले निर्यातमा रोक लगाएसँगै व्यापारीले २४ घण्टाभित्र प्याजको मूल्य दुई गुणले बढाएका हुन्। यो मूल्य अझै बढ्ने सम्भावना छ।

यस क्षेत्रका व्यापारीले पुरानै स्टकको प्याजमा आफूखुसी मूल्य बढाएका हुन्। स्थानीय खुद्रा व्यापारीका अनुसार दुई हप्तामा प्याजको प्रतिकिलो मूल्य क्रमशः ३५, ५०, ६०, ७० देखि ह्वात्तै १ सय २० रुपैयाँसम्म पुगेको छ।

भैरहवा तथा आसपास क्षेत्रका अधिकांश व्यापारीले मूल्य बढ्ने अवस्था देखेपछि प्याजको प्रतिकिलो ४३ रुपैयाँमा प्याज आयात गरी भण्डारण गरेका थिए। ४३ रुपैयाँ प्रतिकिलोमा आयात भएको प्याजलाई पनि उपभोक्ताले १ सय २० रुपैयाँ तिर्न बाध्य छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,