Connect with us
Kapilvast Forest

कपिलवस्तुमा निशुल्क बाख्रा वितरण

२०७७, १ आश्विन बिहीबारमा प्रकाशित

 कृष्ण कुमार यादव कपिलवस्तु –

कपिलवस्तु कृष्णनगर नगरपालिका, कपिलबस्तु नगरपालिका र शुद्धोधन गाँउपालिका गरी ६० जना परिवारलाई निशुल्क बाख्रा वितरण गरिएको छ । कृष्णनगर नगरपालिका वडा नंं १ मडहा गाँउमा आर्थिक उपार्जन तथा आर्थिक आयआर्जनमा बृद्धि गर्नका लागि ९ घरपरिवारलाई बाख्रा, १ परिवारलाई भैंसी तथा १ परिवारलाई तरकारी खेती, शुद्धोधनमा १० घरपरिवारलाई बाख्रा र कपिलवस्तु नगरपालिकामा ९ जना घरपरिवारलाई जमुनपारी जातको बाख्रा, खोर, न्यूपियर घाँस वितरण गरिएको हो ।

बाख्राहरुको वीमा गरीएको मधेश मानव अधिकार गृह माहुरी होमले ले जनाएको छ । डि एफ आई डी को आर्थिक सहयोग, भिएओ नेपाल तथा ईन्टरनेशनल एलर्ट को प्राविधिक सहयोगमा संचालित सहज परियोजना अन्र्तगत बाख्रा वितरण गरीएको माहुरी होमले जनाएको छ ।

यसै वडाका वडा सदस्य प्रर्मिला श्रीवास्तव ज्यूको रोहवरमा मधेश मानव अधिकार गृहको कोषाध्यक्ष जय प्रकाश पाण्डेय र सदस्य प्रेम कुमार जयसवालको नेतृत्वमा स्थानीय सहजकर्ता गंगा यादव को संचालन, जीविकोपार्जन सल्लाहकार अभिषेक कुमार खेरवार र कार्यक्रम अधिकृत दिनेश कुमार चौधरीको सहजीकरण तथा कपिलवस्तुको कार्यक्रम अधिकृत रिखिराम निगमको व्यवस्थापनमा स्थानीय वासीहरुलाई बाख्रा हस्तान्तरण गरिएको छ ।

६० घरपरिवार मध्ये वाकी रहेकालाई भैंसी पालन, किराना पसल, चिया नास्ता पसल, गाई पालन, कुखुरा पालन, कास्मेटिक पसल, फलफूल पसल, खुद्रा पसल, कपडा पसल, सिलाई कटाई व्यवसाय, भूजा व्यवसाय, मसला मिल, अगरवत्ती लगायतका व्यवसाय संचालन गरी उहाँहरुको आर्थिक स्थितिमा सुधार ल्याई लैंगिक हिंसा न्यूनीकरणका लागि सहयोग गर्नेछ भनी जानकारी सहज परियोजनाका कार्यक्रम अधिकृत रिखिराम निगमले जानकारी दिनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,