Connect with us
Kapilvast Forest

सभापति देउवा होम क्वारेन्टाइनमा, ओली र प्रचण्डसँगको बैठक स्थगित

२०७७, १ आश्विन बिहीबारमा प्रकाशित

K.P.Oli-Pushpa-Kamal-Dahal-alias-Prachanda-and-Sher-Bahadur-Deuba-.jpg

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा होम क्वारेन्टाइनमा बस्नु भएको छ ।आफ्ना निजी सचिवालयका एक जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि सभापति देउवा कन्ट्र्याक्ट ट्रेसिङमा परेको देउवा निकट स्रोतले जानकारी दिएको छ ।

सभापति देउवाको स्वाव संकलन गर्ने तयारी भइरहेको छ । सभापति देउवा होम आइसोलेसनमा बसेपछि आजका लागि बोलाइएको सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताको बैठक स्थगित हुने भएको छ ।

आजको बैठकमा संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा छलफल गर्ने कार्यसूची थियो ।

बुधबार बिहान प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटवार्ताले सभापति देउवासहितको उक्त बैठक तय गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्त, निर्वाचन आयोगका केही आयुक्तसहित विभिन्न संवैधानिक आयोग तथा केही विश्वविद्यालयमा उपकुलपति र पदाधिकारी रिक्त छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,