Connect with us
Kapilvast Forest

पाल्पामा एक कोरोना संक्रमितको मृत्यु

२०७७, १ आश्विन बिहीबारमा प्रकाशित

corona death

 

पाल्पा-वृद्धाश्रम आइसोलेसनमा उपचाररत ५२ वर्षीय कोरोना संक्रमितको बिहीबार बिहान मृत्यु भएको छ ।तानसेन नगरपालिका–७ का बिरामीलाई केही दिनअघि तानसेन नगरपालिका र मिसन अस्पतालले सञ्चालन गरेको मिसन अस्पतालमा उपचारका लागि भर्ना गरिएको र उपचारका क्रममा निधन भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनु भयो ।

शंकास्पद लक्षण देखिएपछि अस्पतालले स्वाब परीक्षणका लागि पठाएको थियो । चार दिनअघि उहाँमा कोरोना पुष्टि भएको थियो ।

कलेजोको समेत बिरामी भएका उहाँलाई कोरोना संक्रमण देखिएपछि थप उपचारका लागि बुटवल र भैरहवा लगिए पनि कुनै अस्पतालले भर्ना नलिएपछि मंगलबार उनलाई पुनस् तानसेनकै वृद्धाश्रम ल्याएर उपचार गरिएको मिसन अस्पतालले जनाएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,