Connect with us
Kapilvast Forest

नेयमारलाई दुई खेलको प्रतिबन्ध

२०७७, १ आश्विन बिहीबारमा प्रकाशित

एजेन्सी -मार्सेबिरुद्धको खेलमा झगडा गरेबापत रातो कार्ड पाएका पेरिस सेन्ट जर्मेनका स्टार नेयमारलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ । साथै, फ्रेन्च फुटबलका अधिकारीहरुले उहाँले लगाएको रंगभेदी टिप्पणीको आरोपबारे पनि अनुसन्धान गर्ने भएको छ ।

आइतबार लिग वानको खेलमा देखाइएको पाँचवटा रातो कार्डमध्ये एक नेयमारले पाएका थिए । उहाँले मार्सेका डिफेन्डर अल्भारो गोन्जालेजलाई हिर्काउनु भएको थियो ।

रातो कार्ड पाएपछि नेयमारले गोन्जालेजमाथि आफूलाई रंगभेदी टिप्पणी गरेको आरोप लगाउँदै अधिकारीहरुलाई भीएआरको प्रयोग गरेर अनुसन्धान गर्न माग गरेका थिए । गोन्जालेजले नेयमारको आरोपलाई खण्डन गर्नुृ भएको छ ।

रातो कार्ड पाउने अन्य खेलाडीहरुलाई पनि प्रतिबन्ध सुनाइएको छ । यसमा पीएसजीका डिफेन्डर लेइभिन कुरजावालाई ६ खेलको प्रतिबन्ध लगाइएको छ । उहाँको समकक्षी लियान्ड्रो पारेडेलसलाई दुई खेलको प्रतिबन्ध सुनाइएको छ । मार्सेका जोर्डन अमाभीलाई ३ खेल तथा डारियो बेनेडेट्टोलाई एक खेलको प्रतिबन्ध लगाइएको छ ।

यता, लिग डे फुटबल प्रोफेसनल ९एलएफपी० ले नेयमारको आरोपबारे अनुसन्धान गर्ने बताएको छ । पीएसजीले नेयमारलाई समर्थन गर्ने बताएको छ भने मार्सेले गोन्जालेज रंगभेदी नभएको भन्दै बचाउ गरेको छ ।

पीएसजीका एन्जेल डि मारियामाथि पनि विपक्षी खेलाडीलाई थुकेको आरोप छ । उहाँलाई २३ सेप्टेम्बरमा अनुशासन समिति सामु उपस्थित हुन भनिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,