Connect with us
Kapilvast Forest

निःशुल्क मास्क बैंक स्थापना

२०७७, १ आश्विन बिहीबारमा प्रकाशित

maxx.jpg

सिरहा- समुदायस्तरमा कोरोना भाइरस (कोभिड- १९) को संक्रमण जोखिम न्यूनीकरण गर्न सिरहामा निःशुल्क मास्क बैंक स्थापना गरिएको छ।

कोभिड- १९को जोखिमबाट जोगिन मास्क अनिवार्य लगाउनुपर्ने भए पनि अधिकांशले मास्क प्रयोग नगरेकोले अनिवार्य मास्क प्रयोग गराउन सिरहा नगरपालिकाको सीमावर्ती क्षेत्र माड़रमा उक्त निःशुल्क मास्क बैंक स्थापना गरिएको हो ।

‘कोही नछुटौँ, कोही नचुकौं : नहुनेले लिनुस्, हुनेले दिनुस्’ भन्ने मुल नारासहित मास्क बैंक स्थापना गरिएको युवा अभियन्ता शशि कुमार मण्डलले जानकारी दिनु भयो ।

कोभिड- १९ को संक्रमणबाट जोगिन मास्क अनिवार्य भए पनि लकडाउन खुकुलो भएसँगै बजार र घरबाहिर निस्कने अधिकांश व्यक्तिले मास्क प्रयोग नगरेको र जसकारण व्यक्ति स्वयं आफै संक्रमणको जोखिममा रहने गरेको, यसले अरुलाई पनि जोखिममा पार्न सक्ने सम्भावना बढ़ी रहेकोले प्रत्येक व्यक्तिले मास्क अनिवार्य प्रयोग गरून् भन्ने उद्देश्यले मास्क बैंकको स्थापना गरिएको अभियन्ता मण्डलले बतानुभयो ।

 

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,