Connect with us
Kapilvast Forest

कतारबाट १३८ यात्रु लिएर उड्यो नेपाल एयरलाइन्स

२०७७, १ आश्विन बिहीबारमा प्रकाशित

nepal airlaince

काठमाडौं- कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमार्फत ४० औं उडानबाट १३८ जना नेपाली स्वदेश फर्किए छन् ।

दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत ७ महिलासहित १३८ जना स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रवीण भट्टराईले जानकारी दिनु भयो ।

स्वदेश फर्कन लागेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको यात्राको समन्वय, सहजिकरण तथा बिदाइ गर्न दूतावासका कर्मचारी हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।यसैगरी, नेपाल एयरलाइन्सले सेप्टेम्बर २२, २४ र २५ तारिखका लगि पनि उडान तय भएको दूतावासले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,