Connect with us
Kapilvast Forest

भारतसँग खरिद गरिएका नेपालको झण्डा अङ्कित दुई रेल नेपालमा

२०७७, २ आश्विन शुक्रबारमा प्रकाशित

nepali-train.jpg

काठमाडौँ- जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा सुुरु हुन लागेको हो । छ वर्षअघि २०७१ सालबाट सो रेल सेवा बन्द रहेको छ । नेपाल र भारतबीच ‘जीटूजी’ प्रक्रियाबाट रेल खरिद गरिएको हो ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका दुईवटा रेल शुक्रबार मध्याह्न जनकपुर रेल्वे स्टेसनमा आइपुग्ने जानकारी दिनुभयो । उहाँले जनकपुरमा रेल सञ्चालन हुने प्रतीक्षाको घडी अब समाप्त भएको छ भन्नुभयो ।

महाप्रबन्धक भट्टराईले रेल आउने कार्यक्रममा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारी, रेल विभागका महानिर्देशक, रेल्वे कम्पनीका महाप्रबन्धक लगायतका पदाधिकारीको सहभागिता रहनेछ ।

भारतका तर्फबाट कोङ्कर्ण रेल्वे कर्पोरेसनका बीस जना उच्च प्राविधिकको सहभागिता रहनेछ । नेपाली अधिकारी शुक्रबार बिहानै जयनगरस्थित ‘नेपाल रेल्वे स्टेसन’ पुग्नुहुन्छ र त्यहाँबाट भारतीय पदाधिकारीसँगै रेलमा चढेर जनकपुर आउनु्हुन्छ भन्नुभयो । अहिले भारतको विहारस्थित हाजिपुर स्टेसनमा राखिएका ती रेल जयनगर हुँदै जनकपुर आइपुग्न करिब चार घण्टा लाग्नेछ ।

उहाँले दुईटै रेल शुक्रबार जनकपुर रेल्वे स्टेसनमा नै रहनेछन्, दुवै मुलुकका उच्च पदाधिकारीको रोहवरमा परीक्षण गरिनेछ, रेल शनिबार पुनः जयनगरस्थित ‘नेपाल रेल्वे स्टेसन’मा पुगेपछि त्यही पार्किङ हुनेछ भन्नुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,