Connect with us
Kapilvast Forest

चितवनको रत्ननगरका मेयर बनलाई कोरोना संक्रमण

२०७७, २ आश्विन शुक्रबारमा प्रकाशित

mayor-narayan-ban-ratnanagar-chitwan.jpg

चितवन – चितवनको रत्ननगर नगरपालिकाका मेयर नारायण बनलाई कोरोना पुष्टि भएको छ ।भदौ २८ गते स्वाब दिएका नगर प्रमुख वनलाई पाँच दिनपछि कोरोना संक्रमण भएको पुष्टि भएको रिर्पोट आएको हो । भरतपुर कोभिड ल्याबमा परीक्षणका लागि स्वाब दिए पनि परीक्षण भने चितवन मेडिकल कलेजको ल्याबमा गरिएको थियो ।

नगर प्रमुख बनले कोरोनासँग मिल्दोजुल्दो सामान्य लक्षण देखिएपछि स्वाब दिनु भएको थियो । उहाँको स्वावस्थ्य अवस्था सामान्य छ । स्वाब दिने बेलामा केही लक्षण देखिएको भए पनि अहिले भने आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको मेयर बनले बताउनु भयो ।

उहाह्घरकै आइसोलेसनमा बस्नु भएको छ । मेयर बनले कोरोना महामारीविरुद्धका विभिन्न अभियानमा सहभागी भएको बेला आफूलाई संक्रमण भएको हुनसक्ने बताउनु भयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,