Connect with us
Kapilvast Forest

जनताका समस्या बढ्दै गएपनि सरकार मौन रहयो :कांग्रेस नेता सिंह

२०७७, २ आश्विन शुक्रबारमा प्रकाशित

parkash

काठमाडौं-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना महामारीका बेला जनताका लागि गर्नुपर्ने न्यूनतम काम पनि सरकारले गर्न नसकेको आरोप लगाउनु भएको छ ।

गणेशमान सिंहको २३औं स्मृति दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा सिंहले कोरोना महामारीका बेलाका जनताका समस्या बढ्दै गएपनि सरकार मौन रहेको आरोप लगाउनु भएको हो ।

सिंहले सरकार भ्रष्टाचारमा समेत डुवेको आरोप पनि लगाउनु भयो । दुई तिहाई नजिकको सरकारले संविधानको भावनाअनुसार संघीय कानुन नबनाइदिंदा स्थानीय सरकारलाई काम गर्न समस्या भएको सिंहले बताउनु भयो ।

गणेशमान सिंहबाट नेपाली राजनीतिले सिद्धान्त र आदर्शको राजनीति गर्ने प्रेरणा लिनुपर्ने धारणा पनि राख्नु भयो ।
नेता सिंहले सर्वमान्य नेता सिंहको नेतृत्वमा ०४६ सालको जनआन्दोलन संयुक्तभन्दा पनि कार्यगत एकताका आधारका भएको बताउनु भयो ।

कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,