Connect with us
Kapilvast Forest

खुला दिमागले मात्रै संविधान संशोधन हुन्छ :प्रधानमन्त्री ओली

२०७७, २ आश्विन शुक्रबारमा प्रकाशित

oli

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका क्रममा अपर्याप्त देखिए संशोधनका लागि खुला दिमाग र विना भड्काउ तयार हुनुपर्ने बताउनु भएको छ ।

संविधान दिवसको पूर्वसन्ध्यामा संविधानविद विपिन अधिकारी, कनकमणि दीक्षितलगायतले तयार पारेको ‘नेपालको संविधानको व्याख्यात्मक पुस्तक’ को विमोचन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो।

‘स्थिरताको नाममा, स्थायित्वको नाममा संविधान अपरिवर्तनशील विषय होइन । व्यवहारगत रुपमा, समाजवादलाई अगाडि बढाउने सन्दर्भमा प्रणालीगत हिसाबले होस्, संरचनात्मक हिसाबले होस्, कानुनी अप्ठ्याराका हिसाबले होस्,

कुनै ठाउँमा देश र जनताको आवश्यकता औचित्यतताका आधारमा संशोधन परिमार्जन गर्नुपर्ने हुन पनि सक्दछ । त्यसका लागि हामी सबै खुला दिमाग राखेर बिना भड्काउ तयार रहनुपर्छ’ प्रधानमन्त्री ओलीले भन्नु भयो ।

परिवर्तनको उपलब्धीलाई अगाडि बढाउन, न्याय समानता वा विकासलाई यथोचित ढङ्गले परिमार्जित गर्न संविधान संशोधन हुन सक्ने उहाँले बताउनु भयो । ‘त्यस्तो पर्‍यो भने संविधान असंशोधनीय दस्तावेज होइन । संशोधनीय चिज हो’ उहाँले भन्नु भयो।

नेपालको संविधानले कोही जन्मँदै शासक हुने, कोही रैती हुने जस्तो व्यवस्थाको अन्त्य गरेको भन्दै सरकार प्राप्त उपलब्धीको रक्षा गर्दै समाजवादमा जाने आधार तयार गर्नमा लागि परेको प्रधानमन्त्री ओलीले बताउनु भयो ।

संविधान कार्यान्वयनका लागि संरचना र कानुन बनाउन ३ वर्ष लागेको भन्दै ओलीले बल्ल सरकार संविधानलाई व्यवहारिक रुपमा कार्यान्वयनको चरणमा आइपुगेको धारणा राख्नु भयो ।

व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका आ–आफ्नो ठाउँमा स्वतन्त्र र चेक एण्ड ब्यालेन्समा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संविधानले यस विषयमा उन्नत प्रबन्ध गरेको जिकिरगर्नु भयो ।

मानिसका लागि भोजन भन्दा सुरक्षा महत्वपूर्ण बताउनु भयो ।‘जनताको सुरक्षा पहिलो प्रश्न हो । हामी हावा, पानी, भोजनका कुरा गर्छौं । त्यो भन्दा पहिलो हुँदो रहेछ सुरक्षाको प्रश्न’ ‘ प्रधानमन्त्री ओलीले भन्नु भयो ।

‘कुनै चरालाई तपाईंले खाने कुरा दिनुभयो भने, भोक लागेको छ उसलाई, उसलाई खान मन छ तर, आउँछ, हेर्छ, विचार गर्छ, सुरक्षित महसुस गर्‍यो भने खाना खान्छ । सुरक्षित महसुस गरेन भने भाग्छ भन्।दै अनुभव सुनाउनु भयो ।

उनले अघि थपे ‘बाँच्यो भने त भरे खान पाउला, कतै खाला । अहिले नै यहिँ ट्र्यापमा परेर, अहिले नै जिन्दगी सकियो भने त खाने कुरै भएन ।’

नेपालको संविधानले नागरिकको सुरक्षाको मर्मलाई पनि संबोधन गरेको प्रधानमन्त्री ओलीले बताए । नागरिकको सुरक्षित हुन पाउने र विकासमा समान अवसर प्राप्त गर्ने विषयलाई संविधानले सुरक्षित गरेको उल्लेख गरे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,