Connect with us
Kapilvast Forest

काँग्रेस सभापति देउवाको कोरोना रिपोर्ट नेगेटिभ

२०७७, २ आश्विन शुक्रबारमा प्रकाशित

sher_bahadur_deuwa.jpg

 

काठमाडौं -नेपाली काँग्रेस सभापति शेरबहादुर देउवासहित सपरिवारको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।बिहीबार देउवासहित पत्नी डा। आरजु देउवा, छोरा जयवीर सिंह देउवासहित सपरिवारको कोरोना परीक्षण गएिको थियो । शुक्रबार विहान उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको देउवाको निजी सचिवालयले जानकारी दिएको छ ।

बिहीबार बिहान देउवाको निजी सचिवालयका एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ परेको देउवा परिवारका सदस्यको पीसीआर परीक्षण गरिएको थियो ।

हिजोबाट उहाँहरु स्वास्थ्य मापदण्ड अपनाएर होम आइसोलेसनमा बस्नु भएको थियो। यसअघि तीन हप्ता अगाडि पनि देउवा निवासमा कार्यरत कर्मचारी र देउवा परिवारको पीसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो।

बिहीबार देउवा परिवारको मात्र पिसिआर परीक्षण गरिए पनि आइतबार निवासमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीको पनि पिसिआर परीक्षण गरिने देउवा सचिवालयले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,